१३ चैत, सर्लाही । सर्लाहीमा यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सर्लाहीको फुलजोर भन्ने स्थानमा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार चार जनाको मृत्यु भएको हो ।
ना४ख ८५५५ नम्बरको यात्रुवाहक बस वीरगञ्जबाट जनकपुरतर्फ जाँदै थियो । फुलजोर खोलामा बनेको साँघुरो पुलमा टाटासुमोलाई साइड दिने क्रममा बस पुलबाट खसेको थियो ।
बसमा सवार ३२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । दुर्घटनामा मृत्यु हुनेको सनाखत भइसकेको छैन ।
