शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनकपुरमा अस्ताउँदो सूर्यलाई अध्र्य अर्पण गरी चैते छठ मनाइँदै


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २४, २०७८
  • 612
    SHARES

जनकपुर,२४ चैत

जनकपुरमा अस्ताउँदो सूर्यलाई अध्र्य अर्पण गरी चैते छठ मनाइँदैछ ।

जनकपुरको विभिन्न पोखरी सरोवरहरुमा श्रद्धालुहरुदे साँझ अस्ताउदो सुर्यलाई अध्र्य दिएका छन । मिथिलाञ्चलमा छठ पर्व वर्षमा दुई पटक मनाउने परम्परा रहेको छ । जनकपुरका सरोवारहरुलाई भव्य रुपमा सजाइएको छ । अस्ताउँदो सूर्यलाई अध्र्य दिनको लागि सरोवारहरुमा श्रद्धालुहरुको निकै भिड लागेको छ ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन मङ्गलबार व्रतालुहरुले ‘नहाए खाए’ अर्थात् नुहाएर खाने गर्दछ वा जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खरना मनाइएको थियो । खरनाको दिन व्रतालुहरुले दिनभरि उपवास निराहार बसेर राती छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए र राती अरवा अरबाइन (नुन नहालेको) खानेकुरा खाएका थिए ।

त्यस्तै तेस्रो दिन आज साँझ गहुँ र चामललाई ओखल, जाँतो वा ढिकीमा कुटेको पिसेको अन्नको पीठोबाट बनाइएका विभिन्न गुलिया खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् । षष्ठीका दिन आज व्रतालुले सन्ध्याकालीन अध्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताउँदो सूर्यलाई अध्र्य अर्पण गर्नेछन् ।

अन्तिम दिन भोलि अर्थात् शुक्रबार बिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातः कालीन उदाउँदो सूर्यलाई अध्र्य दिई छठ पर्व सम्पन्न गर्नेछन् । महाभारतका अनुसार द्रौपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)