शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेस प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २९, २०७८
  • 595
    SHARES

जनकपुर, २९ चैत 
मधेस प्रदेश प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले आज राति १२ बजेदेखि प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गर्नुभएको हो ।

आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुख मिश्रबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्र सदनमा पढेर सुनाउनुभयो । प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत मङ्सिर २९ गतेदेखि सुरु भएको प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत प्रदेशसभाको २० वटा बैठक बसेको छ । १२० दिन चलेको आठौँ अधिवेशनले प्रदेशको नाम ‘मधेस’ र राजधानी जनकपुरधाम टुङ्गो लगाएको छ । यस्तै प्रदेश सरकारले पेश गरेको चार वटा विधेयक पारित गरेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । सो अवधिमा प्रदेश प्रमुख मिश्रले एउटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

यसैबीच आज बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक तथा प्राविधिक विश्वविद्यालय अध्यादेश प्रतिस्थापन गर्न बनेको विधेयक पारित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)