शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महोत्तरीमा कुहिएको अवस्थामा पुरुषको शव फेला


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १, २०७९
  • 539
    SHARES

१ वैशाख, काठमाडौं । महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा बुधबार एक व्यक्तिको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित विपी राजमार्गभन्दा ५०० मिटर उत्तर–पश्चिममा पर्ने सातपत्रे भिरालो जङ्गलमा एक व्यक्तिको शव कुहिएर दुर्गन्धित भएको अवस्थामा फेला परेको हो ।

नाम, थर, वतन नखुलेका अन्दाजी वर्ष ५०÷५५ का पुरुषको शव कुहिएर जङ्गलभरि दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले शवबारे खबर दिएपछि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली शव फेला परेको स्थानतिर गएर सो शव उठाएर परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)