शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राप्ती अस्पतालमा कोरोना संक्रमितको संख्या शून्य


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २, २०७९
  • 657
    SHARES

२ बैशाख, काठमाडौं । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ । अस्पतालका फोकल पर्सन दोर्ण वलीले भन्नुभयो, “एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य अवस्थामा छ । अहिले अन्य बिरामीलाई ती शय्यामा राख्ने गरेका छौँ ।” अहिले सामान्य बिरामीलाई त्यहाँ राख्ने गरिएको उहाँले बताउनुभयो । कुनै समय शय्या भरिभराउ हुन्थे । शय्या पाउन हानथाप नै हुन्थ्यो तर अहिले शून्य छ ।

कोरोनाका बिरामी नआउँदासम्म त्यहाँ अन्य बिरामीलाई राखिने उहाँको भनाइ छ । यसअघि बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा उक्त अस्पताल सञ्चालनमा थियो । असोजदेखि प्रादेशिक अस्पतालको योगा हलमा उक्त कोरोना एकाइ केन्द्र सञ्चालनमा आएको हो ।

अस्पताल ६० शय्याकोे छ । यसमा आइसीयू, एनआइसीयू र एचडीयूका शय्या छन् । कोरोनाका बिरामी आए भने उक्त अस्पतालमा कोरोनाका बिरामीलाई नै राखिने उहाँको भनाइ छ । “ कोरोनाका बिरामी आएमा पुनः हामीले कोरोना बिरामीलाई नै राख्छौँ”, उहाँले भन्नुभयो, “नत्र भने सामान्य बिरामीलाई नै राखेर उपचार गराउने छौँ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)