शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रकृतिप्रति कृतज्ञता प्रकट गर्दै मिथिलामा जूडशितल मनाइँदै


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २, २०७९
  • 592
    SHARES

२ बैशाख, काठमाडौं । मिथिला क्षेत्रमा प्रकृति पूजाको रुपमा मनाइने जुडशिल पर्व आज हर्षोल्लासका साथ मनाइँदै छ ।

पर्वको अवसरमा बिहानै घर र बस्तीका मान्यजन (जेष्ठ नागरिक) ले आफूभन्दा कान्छोलाई शिरमा जलसिँचन गरी आशिर्वाद दिने चलन छ । आ–आफनो घर आँगनमा रहेको पोखरी र इनारहरुको सफाईको साथै हिलो खेलेर मनोरञ्जन गर्ने गर्दछन् । सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्ने विश्वासका साथ यो पर्व मनाइन्छ । यो पर्वमा सूर्य उदाउनुअघि आमाबुवा, काकाकाकी र हजुरबुवा तथा हजुरआमाहरुले एक हातमा शुद्ध जलको कलश लिएर अँजुलीमा पानी राखि परिवारदेखि छरछिमेकका आफूभन्दा साना सदस्यको टाउकोमा हात राखेर आशिर्वाद दिन्छन् । विक्रम संवत् परम्पराको प्रत्येक नयाँ वर्ष (वैशाख सङ्क्रान्ति)मा ‘जुडशितल’ पर्व मनाइन्छ । २ दिन मनाइने पर्व पहिलो दिन (सङ्क्रान्तिका दिन) ‘सतुवाइन’ र भोलिपल्टलाई ‘जुडशीतल’ भनिन्छ । यो पर्व कृषिसँग सम्बन्धित रहेको जानकारहरुको कथन छ । बढ्दो गर्मीबीच ‘शितल’ जोड्न गरिने कामना पर्वको मुख्य ध्येय रहेकोले यो पर्वलाई ‘जुडशीतल’ भनिएको संस्कृति अभियन्ता एवम् प्रदेश सभा सदस्य राम अशिष यादव बताउनुहुन्छ । उहाँले प्रकृतिले मानवलाई धेरै कुरा दिने गरेपनि मानवले प्रकृतिको संरक्षणमा खासै ध्यान नदिने गरेको बताउनुभयो । उहाँले सरकारले पनि प्रकृतिको संरक्षणमा ध्यान नदिएको र तत्काल यस पर्वलाई संस्थागत गरेर प्रकृतिको संरक्षणमा लाग्नुपर्ने बताउनु भयो ।

जुडशीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूधदहीको परिकार खाने चलन छ । त्यस अवसरमा चिचिलोको तरुवा, सजिनाको तरकारी, करी र बडीजस्ता परिकार महत्वपूर्ण र अनिवार्य मानिन्छ । मानवले प्रकृतिलाई संरक्षण गर्नुपर्ने यसको नै आवश्यकता रहेको छ । जल जमीनबिना मानवको विकास सम्भव नरहेको र अहिले जल जमिन विनास भइरहेकाले त्यसले विपदहरु समेत निम्तयाउने गरेको प्रदेश नीति आयोगका उपाध्यक्ष प्रा. डा भोगेन्द्र झाले बताउनुभयो । उहाँले यसको संरक्षण गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

बढ्दो गर्मी र तातो हावाबीच शुुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिली परम्परा छ । नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मीमा शीतल गर्ने मान्यताभित्र खाइन्छन् । सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिलहरू (मिथिलावासी) साथीसङ्गीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्छन् । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । दोस्रो दिन घरका परिवारजन आफ्नो खेतबारी डुल्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)