शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग ८ गतेदेखि सञ्चालनमा आउने


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ३, २०७९
  • 495
    SHARES

३ वैशाक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ ।

प्राधिकरणले पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले बुद्ध, यति, श्री, गुण र सौर्य गरी ५ एयरलाइन्सले वैशाख ८ गतेदेखि आन्तरिक उडान शुरु गर्ने बताउनु भयो । उहाँले वैशाख ८ गतेदेखि धावनमार्ग शुरु हुने भए पनि अन्तर्राष्ट्रिय उडान भने नहुने बताउनु भयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान जेठ २ गते बुद्ध जयन्तीका दिनबाट शुरु हुने जानकारी दिनुभयो । महानिर्देशक अधिकारीले गौतमबुद्ध विमानस्थलमा टर्मिनल बिल्डिङ निर्माण र रन वेको क्षमता बढाउने काम मात्र बाँकी रहेको स्पष्ट पार्नुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै त्रिभूवन विमानस्थलमा ट्राफिक कम हुने विश्वास लिएको बताउनु भयो । महानिर्देशक अधिकारीले अहिले न्यारोबडी र वाइडबडीका लागि धावनमार्ग तयार भएको बताउनु भयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि हालसम्म जजिरा एयरले अनुमति पाएको पनि बताउनु भयो । जजिराले अर्को हप्ताबाट टिकट बिक्री गर्ने सम्भावना रहेको पनि बताउनु भयो ।

महानिर्देशक अधिकारीले भन्नुभयो, ‘वैशाख ८ पछि भैरहवा विमानस्थलको नवनिर्मित धावनमार्गबाट सेवा सञ्चालन हुन्छ । विमानहरु टेकअफ र ल्याण्डिङ वैशाख ८ देखि शुरु हुन्छ । नयाँ बनेको टावर हाम्रो पहिल्यै सञ्चालनमा आइसकेको छ । सञ्चालनमा आउन बाँकी रन वे थियो, त्यो पनि वैशाख ८ देखि सञ्चालनमा आउँछ । यो विमानस्थल वैशाख ८ गतेदेखि विधिवत रुपमा व्यापारिक उडानमा यो विमानस्थल सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय उडानको हकमा हामीले यसको मिति जेठ २ गते राखेका छौँ । जेठ २ देखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान व्यवसायिक रुपमा हुनेछन्, अब गौतमबुद्ध विमानस्थलमा गर्नुपर्ने दुई वटा काम मात्र बाँकी छ । यसमा पनि अर्को टर्मिनल बिल्डिङ बोर्डिङ ब्रिसहितको डिजाइन भइसकेको छ । सम्भवतः दुई तीन महिनाभित्र यसको टेण्डरमा हामी जानेछौँ । त्यहाँ पनि रन वेको क्षमता बढाउनका लागि गौतमबुद्ध विमानस्थलमा पनि हामी सुधारका कामहरु गर्नेछौँ । पोखरा विमानस्थल अब कम्प्लिट भएको अवस्था छ, भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आजको दिनसम्म जजिरा एयरले अनुमति पाएको छ । उसले सम्भवतः अर्को हप्तादेखि टिकट बिक्री गर्छ गौतमबुद्धदेखि कुवेतसम्म । अरु एयरलाइन्ससँग हामी नियमित सम्पर्कमा छौँ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)