शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जलेश्वरमा चुनावी सरगर्मी बढ्दै


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ६, २०७९
  • 646
    SHARES

६ बैशाख, काठमाडौं । महोत्तरी जिल्लामा आसन्न स्थानीय तहको चुनावी सरगर्मी बढ्दै गएको छ । निर्वाचन नजिकिएसँगै जिल्ला सदरमुकामस्थित जलेश्वर नगरपालिकाको मेयर पदका लागि विभिन्न दलका सम्भावित उम्मेदवारको चर्चा चल्न थालेको छ ।

नेपाली कांग्रेसको तर्फबाट सो नगरपालिकाको सम्भावित मेयर पदका उम्मेदवारमा अशोक साहको नाउँ चर्चामा छ । उहाँ यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि मेयरमा उठ्नुभएको थियो ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले रामशंकर मिश्रलाई नै पुन ः मेयर पदमा सिफारिस गरको छ भने जनता समाजवादी पार्टी नेपालले सुरेश साह सोनारलाई छनौट गरेको जनाइएको छ ।

यसैगरी नेकपा (एमाले)का तर्फबबाट सम्भावित उम्मेदवारमा रामआधार कापरको नाउँ अगाडि आएको छ । यसअघि उहाँ २०७४ को निर्वाचनमा प्रदेश नं.२ को प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट चुनाव लड्नुभएको थियो । आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कौशलेन्द्र शर्मा र नेकपा ( एकीकृत समाजवादी ) ले दिपु झालाई मेयर पदका लागि सिफारिस गरेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)