शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सप्तरीको डाक्नेश्वरी नगरपालिका २ मा पुनःमतदान


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १, २०७९
  • 516
    SHARES

१ जेठ, काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलमा आज पुनःमतदान सुरु भएको छ । मतदान अधिकृत विपिन यादवलाई मतदानका क्रममा शुक्रबार अर्थात् वैशाख ३० गते स्थानीयवासीले कुटपिट गर्नुकासाथै मतपेटिका तोडफोड गरी मतपत्र च्यातेपछि स्थगित गरिएको निर्वाचन आज विहान ७ बजेबाट सुरु भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिनुभयो ।

अपाङ्गता भएको महिलाले रुचाएको चिह्नमा छाप लगाउन अह्राएकोभन्दा यादवले फरक चिह्नमा छाप लगाएको आरोपमा आक्रोशित समूहले उहाँलाई कुटपिट गरी मतपेटिका तोडफोड गरेपछि सर्वदलीय वैठकले मतदान स्थगित गरेको थियो । सोही बैठकको निर्णयअनुसार आज मतदान भइरहेको हो ।

घटनापछि डाक्नेश्वरी–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटै मतदान केन्द्रको निर्वाचन स्थगित गरिएको थियो । डाक्नेश्वरी नगरमा १० वडा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)