बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जुम्लाको तिला गाउँपालिकामा माओवादी विजयी


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ४, २०७९
  • 402
    SHARES

४ जेठ, काठमाडौं । जुम्लाको तिला गाउँपालिकामा नेकपा ( माओवादी केन्द्र)ले विजय हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मोतीलाल रोकाया एक हजार ९३६ मतका साथ विजयी हुनुभएको छ ।

उपाध्यक्षमा माओवादी केन्द्रकै गोरीकला बुढाले दुई हजार चार मतका साथ विजयी हुँदा कांग्रेसका सुष्मा श्रेष्ठले एक हजार ८०६ मत ल्याउनुभएको छ । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले अध्यक्ष र माओवादीले उपाध्यक्ष जितेको थियो । एमालेका रेशम शाहीले एक हजार ७५२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)