शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

धनुषाको कमला नगरपालिकामा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ५, २०७९
  • 407
    SHARES

५ जेठ, काठमाडौं । धनुषाको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेसका उम्मेदबार निर्वाचित हुनुभएको छ । प्रमुखमा विशेश्वर यादवले जसपाका पशुपति यादवलाई एक हजार २८ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो ।

निर्वाचित विशेश्वरले तीन हजार ८८७ मत पाउँदा पशुपतिले दुई हजार ८५९ मत मात्र प्राप्त गर्नुभयो । उपप्रमुखमा पनि कांग्रेसकै उम्मेदवार शिलादेवी मण्डल तीन हजार ८८७ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी जसपाकी पुनिता कुमारीले दुई हजार ७६६ मत मात्र ल्याउनुभयो ।

सहिदनगर नगरपालिकाको प्रमुखमा जसपा र उपप्रमुख नेपाली कांग्रेस

धनुषाको शहीदनगर नगरपालिकामा प्रमुख जनता समाजवादी पार्टी (जसपा) र उपप्रमुखमा नेपाली कांग्रेसले जितेको छ ।

प्रमुखमा दिनेशप्रसाद यादवले पाँच हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधीरकुमार गोइतले चार हजार १०५ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा सुनिता कुमारी सिंहले चार हजार ९३१ मत ल्याएर निर्वाचित हुँदा जसपाको लक्ष्मीनिया कुमारी मण्डलले चार हजार ७९१ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)