सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पहिला जोसँग हारे अहिले उसैलाई हराए म्याग्दीका यी गाउँपालिका अध्यक्षले


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ६, २०७९
  • 373
    SHARES

६ जेठ, काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएका नेकपा (एमाले) का बेगप्रसाद गर्बुजाले त्यतिबेलाकै प्रतिस्पर्धीलाई पराजित गर्नुभएको छ । निवर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई गर्बुजाले पराजित गर्नुभएको हो ।

विसं २०७४ मा रोकाले गर्बुजालाई ८५ मतले पराजीत गर्नुभएको थियो । यस पटकको निर्वाचनमा गर्बुजाले रोकालाई १२१ मतान्तरले हराउँदै जित हासिल गर्नुभएको हो । गर्बुजाले तीन हजार ९१, रोकाले दुई हजार ९७० र नेकपा (माओवादी केन्द्र) का रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत प्राप्त गर्नुभएको छ । तेह्र हजार २०१ मतदाता रहेको मालिकामा आठ हजार ८४५ मत खसेको थियो ।

कूल ६ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा एमालेले २२ वडासहित चार स्थानीय तहमा प्रमुख, तीन स्थानीय तहमा उपप्रमुख, कांग्रेसले १७ वडासहित दुई स्थानीय तहमा प्रमुख र एउटामा उपप्रमुख तथा माओवादी केन्द्रले ६ वडासहित दुई स्थानीय तहमा उपप्रमुखमा जित हासिल गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)