बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली प्रदेश प्रमुखद्वारा आर्थिक विधेयक प्रमाणीकरण


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १२, २०७९
  • 351
    SHARES

काठमाडौं, १२ वैशाख

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख परियारले प्रमाणीकरण गर्नुभएको उक्त विधेयक अब ऐनमा परिणत भएको छ । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको थियो ।

उक्त विधेयक उहाँले जेठ ११ गते नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरी जारी गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालय, सुर्खेतका निमित्त सचिव भीमराज थानीले जानकारी दिए। यससँगै कर्णालीमा ३८ विधेयक प्रमाणीकरण भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)