शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विषादी प्रयोग गरी पकाइएको आँप बजारमा


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ३०, २०७९
  • 787
    SHARES

३० जेठ, काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका हुन् ।

भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्वाइड प्रयोग गरी पकाइएका आँप राजधानी जनकपुरधामसहित सहरहरुमा बिक्री भइरहेको स्थानीयवासीले बताए ।
विषादी प्रयोग गरेर पकाइएको आँपले स्वास्थ्यमा असर पार्ने भएकाले त्यस्तो आँप नखान चिकित्सकहरुले सुझाए ।

जिल्ला प्रशासन कार्यालयले पनि केही दिनअघि सूचना जारी गरी विषादी हालेर पकाइएको आँप बिक्री वितरण गर्न रोक लगाए पनि व्यापारीले चोकचोकमा खुलेआम विषादी हालेको आँपको विक्री गरिरहेको स्थानीयवासीको भनाइ छ । विषादी प्रयोग गरी पकाइएको आँप विक्रीवितरण गर्ने व्यापारीलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । आँप उत्पादनको दृष्टिकोणले अग्रणी मानिएको सिरहा र सप्तरी जिल्लामा पनि विषादी हालेर पकाइएको आँप बिक्री भइरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)