सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पहिरोले डुम्रे बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध


  • माउन्टेन खबर
  • मङ्लबार, असार १४, २०७९
  • 458
    SHARES

१४ असार, काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुर नजिकै पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिराले अवरुद्ध बनाएको सडकका कारण वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा सोही पहिराले ढुङ्गामाटासहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प छ । सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत ठाउँमा जान र सो स्थानबाट बेँसीसहर आउने सवारी साधन चल्न सकेका छैनन् ।

त्यस्तै, लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकखण्डस्थित बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा समेत बाढी पहिराले सडक अवरुद्ध भएको छ । करिब ३० मिटर सडक नै अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीको भनाइ छ । यस स्थानमा बर्सेनि पटकपटक पहिराका कारण थप जोखिम बढ्दै गएको छ । यी दुवै स्थानमा पहिरो खुलाउने तयारी भएको छ । डुम्रे–बेँसीसहर सडक ४२ किलोमिटर रहेको छ भने बेँसीसहर–चामे सडक ६५ किलोमिटर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)