बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १०, २०७९
  • 411
    SHARES

१० साउन, काठमाडौं । पहिराका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालीकोटको पचालझरना गाउँपालिका–४ जाँफेबगरमा पहिरो जाँदा कर्णाली करिडोर अवरुद्ध भएको थियो । यस्तै खाँडाचक्र नगरपालिका–२ जतेबजारमा समेत पहिरो गएको थियो ।

पूर्ण रुपमा अवरुद्ध भएको उक्त करिडोर गाउँपालिकासँग समन्वय गरेर प्रहरीले सञ्चालन गरेको थियो । यस्तै कर्णाली राजमार्गको जितबजार नजिकै गएको पहिरो पन्छाएर अहिले यातायात सञ्चालन गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो ।

वर्षाका कारण जुनसुकै बेला पनि पहिरो आउने सम्भावना रहेकाले सडक डिभिजन कार्यालयले राजमार्गको ठाउँठाउँमा टोली परिचालन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)