बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाजुरामा बढे एक हजार तीन सय मतदाता


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २४, २०७९
  • 286
    SHARES

२४ साउन, काठमाडौं । स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अन्र्तगत दुई महिनामा एक हजार तीन सय ७९ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । असारबाट सुरु भएको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सरकारले सङ्घ र प्रदेशको निर्वाचन गर्ने घोषणापछि साउन १९ गतेबाट मतदाता नामावली सङ्कलन रोकिएको छ ।

साउन १९ सम्म जिल्लामा एक हजार तीन सय ७९ मतदाताले नामावली भरेको जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी विशाल पुडासैनीले बताउनुभएको छ । फोटोसहितको मतदाता नामावली जिल्ला बाहिरका १३ जनाले पनि बाजुराबाट नाम दर्ता गराएको सूचना अधिकारी पुडासैनीको भनाइ छ ।

नयाँ थपिएसँगै जिल्लामा ८८ हजार दुई सय १४ मतदाता सङ्ख्या पुगेको छ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ८६ हजार आठ सय ३५ मतदाता रहेका थियो ।

मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये केहीको उमेर नपुगेर घट्न सक्ने जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताउनुभएको छ । जिल्ला बाहिर दर्ता गराएको नामावली कार्यालयमा नआएको कारण एकिन तथ्याङ्क यही हो भन्न नसकिने जिल्ला निर्वाचन अधिकारी अवस्थीको भनाइ छ । गर्न मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा गरेकाले मतदान गर्न पाउने निर्वाचान आयोगले निर्णय गरेको छ ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)