बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

माओवादीले बोलायो कर्णालीका दुई मन्त्री फिर्ता


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ १०, २०७९
  • 467
    SHARES

भदौ १०, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ ।

माओवादीले आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको हो । उनीहरुलाई फिर्ता बोलाएपछि जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने माओवादीले तयारी गरेको छ ।

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ सांसद छन्, जसमध्ये ९ जना मन्त्री भइसकेका छन् । कृष्णा शाह र रातो कामीमात्र मन्त्री बनेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)