शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ताप्लेजुङका एक सय ५२ घरधुरीलाई पुनःस्थापनाका लागि सिफारिस


  • माउन्टेन खबर
  • आइतवार, भदौ १२, २०७९
  • 252
    SHARES

भदौ १२, काठमाडौं । जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जिल्लाका एक सय ५२ घर परिवारलाई पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमक्ष सिफारिस गरेको छ । बाढी र पहिराबाट विस्थापितलाई पुनःस्थापनाका लागि समितिले सो सिफारिस गरेको हो ।

सिरिजङ्गा गाउँपालिकामा एक सय १७ र सिदिङ्वा गाउँपालिकामा ३५ घरधुरीपरिवारलाई पुनःस्थापनाका लागि प्राधिकरणसमक्ष सिफारिस गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका विभिन्न गाउँमा गत असार २४ गते गएको वाढी र पहिरोबाट ती घरपरिवार विस्थापित भएका थिए ।

गत साउन १८ गते सिरिजङ्गा र सिदिङ्वाले असार २४ गते बाढी र पहिरोबाट उक्त सङ्ख्याका घरधुरी विस्थापित भएको जनाउँदै पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिसमक्ष पत्र पठाएका थिए ।

बाढी पहिराबाट विस्थापित केही परिवार अहिले आफ्ना आफन्तको घरमा बसेको र केही परिवारले भने टहरा बनाएर बस्दै आएका जनाएको छ । सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले भन्नुभयो,“ बाढी पहिराबाट विस्थापितलाई पुन स्थापना गर्न संघीय तथा प्रादेश सरकारले ध्यान दिनुपर्छ । ”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }