शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथ


  • माउन्टेन खबर
  • सोमवार, भदौ १३, २०७९
  • 341
    SHARES

सुर्खेत ,१३ भदौ

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सोमबार प्रदेश प्रमुख तिलक परियारले दुई मन्त्रीलाई शपथ गराउनुभयो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामीलाई नियुक्त आजै नियुक्त गर्नुभएको थियो ।

यसअघि माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्रीको लागि सांसद शाह र कामीलाई सिफारिस गरेको थियो ।

अर्थमन्त्रीमा बनेका शाह जाजरकोटबाट समानुपातिक सांसद हुनुहुन्छ भने कामी रुकुम पश्चिमबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }