शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बैंकमा पैसा राखेर १४ , १५ प्रतिशत आम्दानी गर्ने प्रणालीको अन्त्य गर्न आवश्यक छ :अर्थमन्त्री शर्मा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ६, २०७९
  • 289
    SHARES

काठमाडौं, ६ असोज
अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गर्ने प्रणालीको अन्त्य गर्ने बताउनुभएको छ ।

.
बिहीवार नाडा एक्स्पो–२०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले जुन देशमा बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गरिन्छ त्यो देशमा देशमा उत्पादन सम्भव नभएको बताउनु भयो । उहाँले बैंकमा पैसा राखेर ब्याज खाने समस्याको हल हुनुपर्ने बताउनु भयो । अर्थमन्त्री शर्माले जग्गामा लगाउँदा आम्दानी हुन्छ भने किन उत्पादनमा लगाउने भन्नाले उत्पादन वृद्धि हुन नसकेको बताउनु भयो । उहाँले अब बैंक तथा वित्तीय संस्था र व्यवसायीहरुले उत्पादन क्षेत्रका लागि विशेष प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि सबै अघि बढ्नुको विकल्प नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ जुन देशमा बैंकमा पैसा राखेर १४ देखि १५ प्रतिशत आम्दानी दिन पाइन्छ । त्यो देशमा उत्पादन सम्भव होला पक्कै पनि हुँदैन । हाम्रो यही समस्या हो । यो समस्यालाइ हल गर्नुछ । उद्योगमा लगानी गर्दा १० प्रतिशत आउँछ । बैंकमा राख्दा १३ प्रतिशत आउँछ भने उद्योगमा किन लगानी लगाउने जग्गामा लगायो भने दुई गुणा आउँछ । अब नीति बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने छ । अर्को हप्तासम्म सबै निकायसँग छलफल गरेर बैंकको ब्याज बढेको विषयमा समाधान गर्नेछौं ।

अर्थमन्त्री शर्माले सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय तय गर्न अध्ययन थालेको बताउनु भयो । उहाँले राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन शुरु भएको बताउनु भयो । मन्त्री शर्माले समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने बताउनु भयो । उहाँले नेपाल पनि विद्युतीय सवारीमा रुपान्तरण हुनुपर्ने भन्दै नाडा समेत तयार हुनुपर्ने बताउनु भयो । मन्त्री शर्माले अबको एक दशकपछि नेपाल हाइड्रोबाट चल्ने सावारीमा जाने दाबी गर्नुभयो । अर्थमन्त्री शर्माले अहिलेको नाडा इभी अटो प्रदर्शनी मात्र नभई वर्तमान आवश्यकता भएको बताउनु भयो । उहाँले नेपालको सन्दर्भमा करीव ३ खर्बको पेट्रोलियम इन्धन आयात हुने गरेकोे १६८ अर्बको डिजेल आयात भएको जानकारी दिनुभयो ।

मन्त्री शर्माले अब नेपालमा नै विद्युतीय गाडीहरु बनाउनुपर्ने बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुले नेपालमा नै विद्युतीय गाडीहरु बनाउने उद्योग चलाए उद्योगको लागि ब्याजमा, बिजुलीमा वा भन्सारमा सहयोग गर्न सरकार तयार रहेको बताउनु भयो । उहाँले नेपालमा नै एसेम्बल उद्योग स्थापना गर्ने व्यसायीलाई सरकारको नीति तथा कार्यक्रमले सहुलियत दिने स्पष्ट पारेको बताउनु भयो । उहाँले सवारी साधन उत्पादन गर्ने, एसेम्बल गर्ने नयाँ उद्योगहरुहरुलाई छुटको व्यवस्था दिइएको बताउनु भयो । मन्त्री शर्माले चार पाङ्ग्रे गाडी उत्पादन गर्ने उद्योग स्थापना भएमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बताउनु भयो ।

बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय सवारीसाधनको प्रदर्शनी शुरु भएको छ । प्रदर्शनीमा ९ वटा ब्राण्डका विद्युतीय कार र १६ वटा ब्राण्डका विद्युतीय स्कुटर तथा बाइकले सहभागिता जनाएका छन् । धेरै जसो कम्पनीहरुले नयाँ स्कुटर तथा बाइकहरु मात्र सार्वजनिक गर्ने योजना बनाएका छन् । स्टल निर्माण तथा बुकिङको लागि कम्पनीहरुले २० लाखदेखि ३० लाख रुपैयाँसम्म खर्च गरेका छन् । इभी सवारी स्टल राख्ने कम्पनीले नेक्सन इभीमा बिक्रीमा आकर्षक योजना ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }