मङ्लबार, चैत्र ६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्वमन्त्री श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी


  • माउन्टेन खबर
  • शनिबार, अशोज ८, २०७९
  • 635
    SHARES

काठमाडौँ, ८ असोज । बेलायतमा ठगी गरेको आरोपमा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

विस २०७४ सालको प्रतिनिधीसभा निर्वाचनमा नेकपा एमालेबाट तनहुँ क्षेत्र नं १ बाट विजयी सांसद श्रेष्ठले अमेरिकी एक्सप्रेसमार्फत ७५ हजार पाउण्ड स्टर्लिङ ठगी गरेको भन्दै यहि भदौ २९ गते अख्तियारमा उजुरी परेको हो । श्रेष्ठविरुद्ध अख्तियारमा सी–०१४९७१ नम्बरमा उजुरी दर्ता गरिएको छ ।

पूर्व श्रम तथा रोजगारमन्त्रीसमेत रहेका श्रेष्ठले बेलायतमा जाँदा ठगी गरेको भन्दै उजुरी परेको हो । बेलायतमा ठगी गरेका पूर्वमन्त्री श्रेष्ठ पछिल्लो समय भने बेलायत गएका छैनन् । उनी हाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा आवद्ध छन् ।

श्रेष्ठले बेलायतको क्रेडिट कार्ड ठगी गरेपश्चात गल्ती लुकाउन पावर र पदको दुरुपयोग गर्दै तनहुँ जामुने ९ को नागरिकतको ठेगाना परिवर्तन गरेर ब्यास नगरपालिका २ दमौली र त्यसपछि व्यास ११ बनाएको खुलेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }