शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मनासलु आधार शिविरमा हिमपहिरो, उद्धारका लागि पुग्यो हेलिकप्टर


  • माउन्टेन खबर
  • सोमवार, अशोज १०, २०७९
  • 219
    SHARES

गोरखा, १० असोज । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ ।

चुमनुब्री गाउँपालिका-१ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकरी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए ।

पर्यटन विभागले पनि हिम पहिरो गएको पुष्टि गरेको छ । मनासलु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपालीहरु मनासलु आधार शिविरमा छन् । स्रोतका अनुसार ३-४ वटा ट्रेकिङ कम्पनीको टोली आधार शिविर पुगेको छ ।

आधार शिविरमा रहेका मिङ्मा शेर्पाले हिम पहिरो आएको तर कति शक्तिशाली हो भन्ने थाहा भइनसकेको बताए । ‘हिमपहिरो आएको छ, शेर्पाहरुले उद्दार गर्दैछन्’ उनले टेलिफोनमा भने ।

पर्यटकको उद्दारका लागि सिम्रिक एयरको ९ एनटी एजेजेड कल साइनको हेलिकप्टर आधार शिविरमा अवतरण भइसकेको र अर्को हेलिकप्टर तयारी अवस्थामा रहेको सिम्रिक एयर स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }