शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वशान्ति स्थापनामा योगदान पुर्याएबापत सेनाले अहिलेसम्म पायो साढे एक लाख ‘शान्ति पदक’


  • माउन्टेन खबर
  • बुधबार, अशोज १२, २०७९
  • 194
    SHARES

काठमाडौ, १२ असोज । नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पुर्याएबापत अहिलेसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त गरेको छ ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा स्थापना गरिएका शान्ति मिसनमा रही जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेबापत सेनाले शान्ति पदक प्राप्त गरेको हो । शान्ति मिसनमा आफ्नो कार्यकाल पूरा गरेर फर्कने सैनिकलाई राष्ट्रसङ्घले शान्ति पदक प्रदान गर्ने चलन छ ।

संयुक्त राष्ट्रसङ्घको शान्ति यात्रामा अहिलेसम्म एक हजार आठ सय ९६ नेपाली महिला सुरक्षा फौजबाट समेत योगदान भइसकेको छ । विश्वकै सैनिक इतिहासमा सहासिक, व्यावसायिक र अनुशासित सेनाको कोटीमा अब्बल साबित नेपाली सेना अहिले शान्ति सेना धेरै पठाउने देशको सूचीमा दोस्रो वरीयतामा छ ।

विश्वशान्ति कार्यमा अहिले ११ देशका १२ मिसनमा तीन सय ६९ महिलासहित पाँच हजार छ सय २३ नेपाली सुरक्षाफौज तैनाथ रहेका सेनाको शान्तिकार्य निर्देशक सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । संयुक्त राष्ट्रसङ्घको शान्तिकार्यमा लेबननमा पहिलोपटक सन् १९५८ मा संलग्न भएको सेनाले यसबीचमा द्वन्द्वरत विभिन्न राष्ट्रमा स्थापना भएका ४४ शान्ति मिसनमा काम गरेको अनुभव बटुलिसकेको छ ।

विश्वका कयौँ द्वन्द्वग्रस्त देशमा शान्ति कायम गर्ने सिलसिलामा परिचालित हुँदा अहिलेसम्म ७१ सैनिकले वीरगति प्राप्त गरेका छन् भने घाइते सैनिकको सङ्ख्या ६६ पुगेको छ । संयुक्त राष्ट्रसङ्घले नेपाली शान्ति सैनिकलाई संवेदनशील र महत्त्वपूर्ण मानिएको क्षेत्रको सुरक्षाका लागि खटाउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }