मङ्लबार, चैत्र ६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

लाल मोहम्मद हत्यामा संलग्न सार्वजनिक


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १४, २०७९
  • 142
    SHARES

काठमाडौं-  काठमाडौंको गोठाटारमा गत असोज ३ गते सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको हत्यामा संलग्न तीन जनालाइ सार्वजनिक गरिएको छ ।

शुक्रवार प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका तीन जनालाई सार्वजनिक गरेको हो । काठमाडौंको गोठाटारमा गत ३ असोजमा गोली हानीे हत्या गर्न सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले पक्राउ गरेका तीनैजना २१ वर्ष मुनिका रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले बताउनु भयो । उहाँले गोली हानी हत्या गर्न सहयोग गर्ने तीन जना मध्ये एकजना महिला रहेको बताउनु भयो । बोहराले पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मोहम्मद महारम मियाँ, १९ वर्षका रेहान मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान रहेको बताउनु भयो । उहाँले पक्राउ पर्नेमध्ये मियाँद्वयले वीरगञ्जबाट हत्या गर्नको लागि हतियार व्यवस्थापन गर्ने काम गरेको अनुसन्धानले देखाएको बताउनु भयो । उहाँले मोहम्मदको हत्याको लागि वीरगञ्जबाट काठमाडौंमा सुटरलाई हतियार दिएर घटनाको एक दिन अगाडि नै वीरगञ्ज पुगेको बताउनु भयो । एसएसपी बोहराले पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको दैनिक गतिविधिको निगरानी गर्ने काममा भुमिका खेलेको पाइएको पनि जानकारी दिनुभयो । उहाँले पक्राउ परेका व्यक्तिहरुले दिएको बयानका आधारमा थप अनुसन्धान भइरहेको र घटनामा अन्य केही व्यक्तिहरु पनि संलग्न रहेको खुलेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘घटना सम्बन्धमा प्रहरीको विशेष टोलीले अनुसन्धानका विभिन्न विधि प्रयोग गरेर घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न भएर फरार रहेकालाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा दिएको छ । घटनामा संलग्न २१ वर्षका पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १६ का मोहम्मद महारम मिँया रहेका छन् । उहाँले हतियार व्यवस्थापन तथा योजना बनाउने काम गर्नुभएको थियो । दोस्रो १९ वर्षका पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १४ मा रेहान मिँया रहेका छन् । उसले पनि हतियार व्यवस्थापन तथा योजना रहेको थियो । तेस्रो २१ वर्षीया मकवानपुर जिल्ला बकैया गाउँपालिका १ सुस्मिता स्याङतान रहेकी छन् । उनी हाल काठमाडौंको कपनमा बस्दै आएकी थिइन् । उनले मृतकको गतिविधिको निगरानी गर्ने भुमिका रहेको थियो । सुस्मिता स्याङतान २०७६÷०३÷११ देखि २०७७÷११÷७ गतेसम्म चोरी मुद्दामा केन्द्रिय कारागार सुनधारामा कैद रहेकी थिइन् ।

घटनास्थलमा मेड इन अमेरिका लेखिएको पेस्तोल एक थान,एम एन चार पोका फेला परेको थियो । पक्राउ पर्ने तीन जनाउपर मुलुकी ऐन २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धि कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भइ काठमाडौं जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान हुँदैछ ।’

एसएसपी बोहराले अहिलेसम्म घटनाको अन्तिम बिन्दु कहाँसम्म पुग्छ भन्ने निस्कर्ष ननिस्किएको बताउनु भयो । उहाँले वास्तविकतासम्म पुग्न समय लाग्ने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }