शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भ्रष्ट जनप्रतिनिधिलाई ४ मंसिरमा दण्डित गरौं : दीपक खड्का


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १२, २०७९
  • 484
    SHARES

 

मादी (संखुवासभा) संखुवासभामा ५ दलीय गठबन्धनबाट प्रतिनिधिसभाका साझा उम्मेद्वार दीपक खड्काले आफ्नो कार्यकालमा भ्रष्टाचारबाहेक केही नगरेका एमालेका पूर्वजनप्रतिनिधिलाई ४ मंसिरमा दण्डित गर्न मतदातासँग आह्वान गरेका छन्।

मादी नगरपालिका(१ उम्लिङमा आयोजित गठबन्धन बैठकलाई सम्बोधन गर्द‌ै खड्काले पालिकाको नेतृत्वमा पाँच वर्ष बिताएर भ्रष्टाचारमा जिल्लाकै अग्रपंक्तिमा नाम लेखाएका जनप्रतिनिधि फेरि भोट माग्न आउँदै गरेकामा सचेत गराए।

ुपालिकाको नेतृत्वमा बसेर भाइलाई ठेक्का दिलाउने, आफन्तलाई जागिर खुवाउने र कमिसन यकिन नभई योजना स्वीकृत नै नगर्ने जनप्रतिनिधिहरू फेरि प्रदेश र संघमा भोट माग्न आउँदै छन्, सचेत रहनु होला,ु उनले भने, ुपाँच वर्ष जागिर मात्र खाएर बसेका ती जनप्रतिनिधिहरूसँग प्रश्न गर्नु होस्। उनीहरूलाई मतदाताले दण्डित गर्नुपर्ने बेला आएको छ।ु

एमालेका जनप्रतिनिधिले जिल्लाको प्रदेश ुखुका साविक १७ वटा गाविस जोड्ने रिङरोडको योजना नै रद्द गराइदिएको उनले सम्झाए। र, आफू विजयी भएपछि रिङरोडको योजना पुनस् अगाडि बढाएर कालोपत्रे गराउने उल्लेख गरे।

कार्यक्रममा मतदाताले मादी नगरपालिकामा मुख्य समस्या सडक सञ्जाल भएको बताएका थिए। आफूहरूले गाउँमा सडकको ट्रयाक जोडिदिन र खुलेको ट्रयाक स्तरोन्नति गर्न आग्रह गर्दा एमालेका जनप्रतिनिधिहरूले कसैको ससुराली जाने सडक नबनाउने घोषणा सार्वजनिक कार्यक्रममै गरेको बताएका थिए।

यस्तै, आफूहरूले विद्यालय भवन माग्दा एमालेका जनप्रतिनिधिहरूले ुतपाईंहरूको गाउँमा स्कुल चल्दैन, स्कुस रोप्नुस्ु भन्ने जवाफ दिएको मतदाताले बताएका थिए।

कांग्रेस जिल्ला सभापति खड्काले मादी नगरवासीले झेलिरहेको सडकको समस्या समाधानमा आफू केन्द्रित रहने स्पष्ट गरे। खासगरी, टुटे -गुफा प‍ोखरी र सबै वडा जोड्ने रिङरोडको निर्माणलाई मुख्य प्राथमिकता दिने खड्काले बताए।

गठबन्धनबाटै प्रदेशतर्फ प्रत्यक्ष उम्मेद्वार सरिता थापा खड्काले मादी नगरपालिकाका समस्याबारे आफूहरू जानकार रहेको र निर्वाचित भएपछि पुरै गठबन्धन ती समस्या समाधानमा लागि पर्ने बताइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)