शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विश्व मधुमेह दिवसः युवाहरुमा मधुमेहको समस्या बढ्दै


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २८, २०७९
  • 350
    SHARES

काठमाडौं-  आज विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ ।

विश्व मधुमेह दिवसको अवसरमा ललितपुरमा सचेतनामुलक याली गरी विश्व मधुमेह दिवस मनाइएको हो । अल्का अस्पताल प्रा.लि.ले विश्व मधुमेह दिवसको अवसरमा ललितपुरको जावलाखेल, सातदोबाटो, कुमारीपाटी, लगनखेल परिक्रमा गरी ¥याली गरेको थियो । साथै अस्पतालले आजको दिन अस्पतालमा मधुमेह रोगको निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ । अस्पतालले आज एक दिनमा २ सय जना बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र १० दिनसम्म पुग्ने मधुमेहको औषधिसमेत दिने बताएको छ । शिविरमा बोल्दै अल्का अस्पताल प्रा.लि.का प्रशासन प्रमुख भगवान केसीले मधुमेहसम्बन्धी दीर्घ रोगीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरेको बताउनु भयो । उहाँले अस्पतालले मधुमेहसम्बन्धी बिरामीहरुको लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको र शिविरमा उल्लेख्य बिरामीहरुको चाप रहेको बताउनु भयो । शिविर आज बिहान ९ बजेबाट शुरु भइ दिउँसो ३ बजेसम्म चल्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज हामीले बिहान मधुमेर रोग सम्बन्धी सचेतनामुलक ¥याली कार्यक्रम ग¥यौं । अहिले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिरहेका छौँ । आजको शिविरमा दुई सय भन्दा बढी बिरामीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेका हौँ । आज यो सेवामा उपचार गर्न आउने बिरामीले १० दिनको लागि निःशुल्क औषधि पाउनुहुनेछ भने आज बिहान साढे नौ बजेबाट शुरु भइ ३ बजेसम्मका लागि हो । लामो समयदेखि मधुमेह रोगसँग लडिरहेका मानिसलाई लक्षित गरेर नै शिविर सञ्चालन गरेका हौँ । उत्साहजनक रुपमा बिरामीको सहभागिता भइरहेको छ ।’

त्यस्तै इण्डोक्राइनोलोजिस्ट डा.प्रियादर्शनी योन्जनले मधुमेह रोग लागेका ३५ प्रतिशत बिरामीहरुमा आँखाको समस्या हुने गरेको भन्दै शतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय तिब्र रुपमा मधुमेहका बिरामीहरुको संख्या बढीरहेकाले त्यसतर्फ सबै जनाले शतर्कता अपनाउन जरुरी रहेको बताउनु भयो । उहाँले अहिले विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरुलाई मधुमेह भइसकेको र अबको १० देखि १५ वर्षमा मधुमेहको समस्या झनै बढ्ने बताउनु भयो । उहाँले नेपालमा पनि ८ प्रतिशत मानिसमा मधुमेहको समस्या देखिएको बताउनु भयो । अहिले ३० वर्ष भन्दा माथिका मानिसहरुमा यो समस्या धेरै देखिन थालेको उहाँको भनाइ छ । खानपानमा ध्यान नदिने,जङफुडहरु बढी खाने र शारीरिक कसरतको कमीका कारण युवाहरुमा पनि मधुमेहको समस्या बढ्दै गएको बताउनु भयो । मधुमेह नियन्त्रणमा गर्न नसके आँखाको समस्या चाँडै देखिने भन्दै उहाँले ३० वर्ष भन्दा माथिका हरेक मानिसहरुले हरेक वर्ष सुगर परीक्षण गर्नुपर्ने बताउनु भयो । उहाँले मधुमेह हुँदा बढी तिर्खा लाग्ने, पिसाव लाग्ने,तौल कम हुने लगायतका समसया हुनेपनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विश्वमा नै पछिल्लो समय तिब्र रुपमा मधुमेहका बिरामीहरुको संख्या बढ्दै गएको छ । हरेक दिन मधुमेहका बिरामीहरु ओपीडीमा जाँच गर्न आउनुहुन्छ । अहिले विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरुलाई मधुमेह भइसकेको छ । अबको १० देखि १५ वर्षमा अझ बढ्दै जाने देखिएको छ । नेपालमा मधुमेह लाग्नेहरुको तथ्याङ्क हेर्दा ८ प्रतिशत मानिसहरुलाई मधुमेह रोग लागिसकेको छ । नेपालमा पनि मधुमेहका बिरामी हेरक दिन बढी नै रहेका छन् । विगतमा युवा उमेर कटेपछि मात्रै लाग्छ भन्ने सोच रहेको थियो । तर अहिले बालबालिका तथा युवाहरुमासमेत मधुमेह देखिन थालेको छ । धेरैजसो ५० वर्ष भन्दा बढी उमेर भएपनि अहिले ३० वर्ष उमेर भएका मानिसहरु पनि मधुमेह बिरामी भएर जाँच गर्न आउनुभएको छ । नेपालीहरुको जीवनशैली परिवर्तन भएको छ । फिजिकल गतिविधि नहुने,हिँड्न कम गर्ने,एउटै समय लामो समय बस्ने,खानपानमा ध्यान नदिने,जङफुडहरु खाएर घरको खाना कम खाने,तौल बढ्दै जाँदा युवाहरुमा पनि मधुमेह देख्न शुरु भएको छ । मधुमेहको कारण आँखामा देखिने समस्या १० देखि १५ वर्ष नाघेपछि देखिन्छ । अहिले विश्वभरमा मधुमेह रोग लाग्ने ३५ प्रतिशत मानिसहरुमा आँखाको समस्या देखिएको छ । मधुमेह नियन्त्रणमा छैन भने आँखाको समस्या छिट्टै आउँछ । सुगर नियन्त्रणमा छैन,लामो समयदेखि तीन महिनाको सुगर बढीरहेको छ भने आँखा नै ड्यामेज हुने डर हुन्छ । प्रेसर र कोलस्टोर नियन्त्रणमा छैन भनेपनिआँखालाई छिटै असर गर्छ । मधुमेह उपचारको लागि आफूलाई मधुमेह छ वा छैन थाहा हुनुपर्छ । अस्पतालमा स्वास्थ्य परीक्षणको लागि कुनै समस्या नभई जाँदैनौं । मधुमेह हुँदा बढी तिर्खा लाग्ने, पिसाव लाग्ने,तौल कम हुने हुन्छ तर सबैमा देखिँदैन । ५० प्रतिशत मानिसहरुमा हुँदैन त्यस्तो लक्षणहरु । ३० वर्ष उमेर कट्नेहरुले हरेक वर्ष सुगर जाँच गर्नुपर्छ । सुगर हुने बढी जोखिम हुन्छ । जसको तौल बढी हुने वा घरमा बुबा, आमालाई मधुमेह,कोलस्टोर,सुगरको समस्या छ भने ३० वर्ष नपुग्दै पनि सुगर ६÷६ महिनामा जाँच गर्नुपर्छ । सुगर जाँच गर्दा आँखा चेक गर्नुभन्दा केही भएको छैन भन्नुहुन्छ । तर आँखाको पर्दामा असर गर्ने भएकाले शुरुमा कुनै लक्षण हुँदैन । मधुमेह भएका बिरामीहरुले हरेक एक महिनामा आँखा अस्पताल वा डाक्टरलाई आँखाको पर्दा चेक गराउनुपर्छ । औषधिहरु समयमा नै खानुपर्छ ।’

डा. योन्जनले मधुमेहको समस्या भएका बिरामीहरुले ६÷६ महिनामा परीक्षण गर्नुपर्ने बताउनु भयो । उहाँले मधुमेहका बिरामीहरुले हरेक एक महिनामा आँखा अस्पताल वा डाक्टरलाई आँखाको पर्दा चेक गराउन र औषधिहरु समयमा नै खान सुझाव दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }