शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ’


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १७, २०७९
  • 274
    SHARES

काठमाडौं ।  प्रदेश १ लाई पर्यटनको आकर्षक गन्तव्य बनाउने उद्देश्यले ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ २०२३’ कार्यक्रम आयोजना गरिएको छ ।

आन्तरिक र सीमापार पर्यटन प्रवद्र्धनार्थ प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० नेपालले यही माघ १३ देखि १६ सम्म सुनसरीको धरानमा कन्क्लेभ आयोजना गरेको हो । उक्त कार्यक्रममा नेपाल, भारत, बङ्गलादेशदेखि अमेरिकासम्मका पर्यटन गन्तव्यका नेतृत्वदायी विज्ञ, पर्यटन उद्योगका विज्ञ, टूर अपरेटरसमेत गरी दुई सयभन्दा बढीको सहभागिता रहेको थियो ।

आन्तरिक र सीमापार पर्यटन सवलीकरणको नाराका साथ भएको उक्त कन्क्लेभमा भेडेटार, धनकुटा, धरान, बराहक्षेत्रको स्थलगत गन्तव्य अवलोकन भ्रमण तथा पर्यटकीय गतिविधिका विभिन्न कार्यक्रम भएको पाटाले आज विज्ञप्तिमार्फत जनाएको छ ।

कार्यक्रमको अन्तिम दिन एक दिने ‘कन्क्लेभ’ मा सामुदायिक पर्यटन अनुभव, अन्तक्र्रियात्मक भेटवार्ताका साथै पर्यटन क्षेत्रका सरोकारवाला, उद्यमीदेखि नेतृत्वको प्रदेश १ को पर्यटन विकासका विभिन्न आयामका बारेमा छलफल भएको थियो । सहभागीलाई व्यावसायिक सञ्जाल विस्तारको महत्वपूर्ण अवसरसमेत प्रदान गरेको थियो ।

कन्क्लेभको उद्घाटन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशलाई गन्तव्यको रुपमा विकास गर्न पाटा नेपालको पहल सान्दर्भिक भएको बताउनुभयो । छलफलमा आएका विषयलाई प्रदेश सरकारले स्वामित्व लिने र आगामी बजेटमा विज्ञहरुका सल्लाहलाई समेत समेटेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले आफ्नो पालिकामा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गरेकोमा धन्यवाद दिँदै यस्ता कार्यक्रमबाट प्रदेश नं १ को आन्तरिक र सीमापार पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

पाटाका अध्यक्ष विभूतिचन्द ठकुरीले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनको लागि प्रतिबद्ध संस्थाको पहललाई सरोकारवाला संस्थाले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै विभिन्न गन्तव्यको दिगो पर्यटन विकास र प्रवद्र्धनका लागि प्रतिबद्धताका साथ लाग्ने बताउनुभयो ।

उहाँले पाटा अन्तर्राष्ट्रियको सार्वजनिक निजी साझेदारीमा पर्यटन क्षेत्रको विकास विस्तार र प्रवद्र्धन गर्ने भावनाअनुरुप आयोजना गरिएको डेस्टिनेसन मार्केकिङ कन्क्लेभले पर्यटन क्षेत्रका विज्ञदेखि उद्यमी, सरकार र निजी क्षेत्रका सरोकारवाला सबैलाई एकै ठाउँमा भेला गर्ने अद्वितीय मञ्च प्रदान गरेको उल्लेख गर्नुभयो ।

पाटाका सिइओ सुरेशसिं बुडालले प्रदेश नं १ मा पहिलोपटक आयोजना भएको यस कार्यक्रम पर्यटन क्षेत्रसँग सम्बन्धित सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाई उदीयमान गन्तव्यका पर्यटनउपज तथा सम्भावनाको प्रवद्र्धन गर्न उपयोगी भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }