शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बेवास्ताले बिग्रिएका सडक पूर्वाधार (फोटोफिचर)


  • माउन्टेन खबर
  • शनिबार, माघ २१, २०७९
  • 120
    SHARES

सडकमा ट्राफिक व्यवस्थापन हुन नसक्नु त काठमाडौं उपत्यकाका लागि आम कुरा नै भइसक्यो । सडकका खाल्डाखुल्डी त नागकिरले वास्तै गर्न छोडिसके, रहरले होइन, सरकारको अटेरीपनले । घरबाट बाहिर निस्किएर सवारीसाधन चढ्ने बित्तिकै कुनबेला कुन चोकमा जाम पर्ने हो पत्तै हुँदैन । त्यसैले पनि विद्यालय र क्याम्पस जाने विद्यार्थी र कार्यालय जाने कर्मचारीहरुले निर्धारित समयमै गन्तव्य स्थल पुग्न वास्तविक लाग्ने समय भन्दा आधा घण्टा अघि नै घरबाट निस्किनुपर्ने बाध्यता छ ।

काठमाडौं उपत्यकाको हालत त यस्तो छ भने अन्य शहरको अवस्था कस्तो होला, कल्पना गर्न योग्य हुँदैन नै । यी सबैको पछाडिको मुख्य कारण सडकमा ट्रफिक पूर्वाधारको कमी र हेलचेक्र्याइँ नै हो । सडकैपिच्छे ट्राफिक पूर्वाधारहरुको अस्तव्यस्त स्वरुप प्रशस्तै देखिन्छन् र भेटिन्छन् । ट्राफिक पूर्वाधारहरुको अस्तव्यस्तताले दिनप्रतिदिन सडक दुर्घटना बढीरहेका छन् । कतै सडकमा लाइट नै राखिएको छैन भने कतै सडक सुरक्षाका सामग्रीहरु जथाभावी फालिएको छ ।

नो पार्किङ लेखिएका बोर्डहरु सडकको कुनामा भाँचिएर फालिएको छ भने सडकको बीचमै अस्तव्यस्त रुपमा सडक सुरक्षासम्बन्धी सामग्रीहरु फालिएका हुन्छन् । सडक छेउको बारहरु भत्किएपछि मर्मतसम्भार नै वर्षौंसम्म हुँदैन । ट्राफिक लाइट छ तर प्रयोगमा आएका छैन, वा बिग्रिएको ट्राफिक लाइट छ । यस्ता समस्या काठमाडौं उपत्यकाका अधिकांश सडकमा देख्न पाइन्छ । पूर्ण जोमिख मोलेर आम सर्वसाधारणहरु दिनहुँ यात्रा गरिरहेका हुन्छन् । तर सरकार भने यस्ता कुरामा बेखबर बनेको छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका सडकको दुर्दशासम्बन्धित यी तस्बिरहरु ।
तस्बिरः न्युज एजेसी नेपाल

ललितपुरको नःटोलमा बीच सडबाट बनाइएको साइकल लेन । ललितपुरको झम्सिखेललगायतका सडकमा यस्तै संरचना देख सकिन्छ ।
थापाथली सडकमा मेटिएको नो हर्न ट्राफिक संकेत ।
कुपण्डोल सडकमा भाँचिएको डिभाइडर ।
पेप्सीकोला सडकमा फुटेको डिभाइडर ।
सातदोबाटो सडकमा भाँचेर फ्याकिएको डिभाइडर ।
लगनखेल सातदोबाटो सडकमा फ्याकिएको अवस्थामा साइकल लेनको पोलहरु ।
ग्वोर्को फुटपाथमा फ्याकिएको डिभाडर ।
खरिबोट सडकमा दुर्घटनापछि भाँचिएको सडकको रेलिङ ।
वालकुमारी सडकमा दुर्घटनापछि भाँचिएकोे डिभाइडर अलपत्र अवस्थामा ।
बबरमहल सडकमा भाचिएको डिभाइडर ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल अगाडि भताभुङ (केभरन) सडक संकेत ।
एयरपोर्ट सडकमा भेटिएको जेब्राक्रस ।
ललितपुरका सिद्धिपुर सडकमा मन्दिर र कोरिएको ट्राफिक रेखा ।
महालक्ष्मी स्थानमा ट्राफिक लाइट । यहाँ लाइट राखिएको भए पनि बल्दैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }