शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २५, २०७९
  • 182
    SHARES

काठमाठडौँ । जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लामा वैशाखदेखि शैक्षिकसत्र सुरु गर्ने प्रस्ताव गरेको थियो । प्रस्ताव अनुसार शैक्षिक सत्र सञ्चालन गर्न गत माघ १५ गते नै शिक्षा विकास निर्देशनालयले परिपत्र गरेको शिक्षा समन्वय इकाइ जुम्लाका प्रमुख मक्कर भण्डारीले जानकारी दिनुभयो ।

“सो परिपत्रअनुसार फागुन १७ गते बसेको जिल्लाका आठवटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको बैठकले वैशाखदेखि नयाँ शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो । उक्त निर्णयमा स्थानीय तहका सबै शिक्षा शाखा प्रमुखले सहमतिसमेत जनाएका छन् ।

यसअघि हिमाली जिल्लामा फागुनदेखि नयाँ शैक्षिकसत्र सुरु हुने गरेको थियो । जुम्लालगायत हिमाली जिल्लाले पुस १० देखि माघ २५ सम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिकसत्र सञ्चालन गर्दै आएको थियो । जिल्लामा अब २०८० सालदेखि वैशाखमा नयाँ शैक्षिकसत्र सुरु हुने शिक्षा समन्वय इकाइ जुम्लाका प्रमुख भण्डारीको भनाइ छ ।

यहाँका स्थानीय तहले फागुनदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने भने पनि पाठ्यपुस्तक १५ चैतभन्दा अगाडि नआउने देखिन्छ । सङ्घीय सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयलाई कार्यान्वयनमा ल्याई आउने वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु गरिने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ ।

जिल्लाको केही स्थानीय तहले फागुनबाटै नयाँ शैक्षिक सत्रलाई निरन्तरता दिएकाछन् । जिल्लाका स्थानीय तहले माघ २५ गतेदेखि नै विद्यालय सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }