
काठमाडौं । नेपाली सर्ट फिल्म आफू गयौ नेटो काटी सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच गीति फिल्म सार्वजनिक भएको हो ।
फिल्म एकल महिलाप्रति समर्पित रहेको छ । आकाश अधिकारीको निर्देशनमा रहेको यो भिडियोका गीतकार राम लामा “अविनाशी” रहनुभएको छ । गीत अञ्जु पन्तले गाउनुभएको हो ।
गीतको भिडियोमा आकाश अधिकार र उमा गिरीले अभिनय गर्नुभएको छ ।
गीतको लिरिक्स राम लामा “अविनाशी”को रहेको छ भने म्युजिक शक्ति बल्लभले दिनुभएको छ। गीति फिल्म अन्तर्राष्ट्रिय महिला श्रमीक दिवसको अवसर पारेर सार्वजनिक भएको हो ।
अमेरिकामा व्यबसाय गरेर बसेका राम लामा “अविनाशी”को कविता संग्रह. पिल्सिएको परदेशी मन र माटोको सुगन्ध पुस्तक सार्वजनिक भैसकेको छ भने करिब दुई दर्जन गितहरु सार्वजनिक भइसकेका छन् ।
गीतकार राम लामा “अविनाशी” पत्रकारिताका साथै सामाजिक क्षेत्रमा पनि सकृय हुनुहुन्छ।
साहित्यकार राम लामा ‘अविनाशी’द्धारा निर्मित तथा वरिष्ठ कलाकार एवम् निर्देशक आकाश अधिकारीद्धारा निर्देशित उक्त गितको बिहिबार राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष विद्याकुमारी सिन्हाले सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष सिन्हाले महिलाप्रति हुने विवेद अन्त्य गर्दै समाज रुपान्तरणका लागि ‘आफु गयौ नेटो काटी’ म्युजिक भिडियोले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले एकल महिलाका लागि सुरक्षा कोष स्थापना भएपनि प्रभावकारी परिचालन हुन नसकेको बताउनुभयो । एकल महिलालाई अगाडि बढाउन राष्ट्रिय महिला आयोगले विभिन्न कार्यक्रमलाई अगाडि सारेको उहाँको भनाई थियो । उहाँले म्यूजिक भिडियोले समुदायका महिलाको अवस्थालाई यथार्थ बुझ्ने काम गरेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका प्राडा खगेन्द्रप्रसाद लुँईटेलले समाजमा भोगिरहेको घटनालाई गीतले यथार्थ बर्णन गरेको बताउनुभयो । सफल व्यवसायी, समाजसेवी, साहित्यकार एवम् पत्रकार राम लामा ‘अविनाशी ’ले विदेशमा बसेर नेपाली साहित्य तथा गीत सङ्गीतलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई छ ।
गीतका निर्देशक अधिकारीले शब्दमा नभई व्यवहारमा महिलालाई सम्मान गरेमात्र समाजप्रतिको दायित्व बढ्ने बताउनुभयो । गीतले सामाजिक रुपान्तरणको ‘म्यासेज’ दिन खोजेको बताउनुभयो । उक्त गीत अञ्जु पन्तले गाउनुभएको छ भने आकाश अधिकारी र उमा गिरीले अभिनय गर्नुभएको छ ।
गीतमा शब्द राम लामा ‘अविनाशी’को रहेको छ भने म्युजिक शक्ति बल्लवले दिनुभएको छ ।
उक्त गीत अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।