बिहिबार, बैशाख २७, २०८१

जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित : प्रधानमन्त्री प्रचण्ड


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ११, २०७९
  • 104
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित रहेको बताएका छन्।

आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न केन्द्रित रहेको दोहोर्‍याउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि आफूले राष्ट्रिय सहमति र सहकार्यमा जोड दिएको पनि स्पष्ट पारे।

लायन्स क्लब अफ इन्टरनेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान समस्याहरूको समाधानका लागि सरकारलाई साथ दिन निजी क्षेत्र, सामाजिक संंघसंस्था र नागरिक अगुवाहरूलाई समेत आग्रह गरे। मुलुकमा विद्यमान निराशालाई चिर्दै अघि बढ्ने काममा सरकार लागिपरेको उल्लेख गर्दे प्रधानमन्त्री दाहालले त्यस काममा लायन्सजस्ता सामाजिक संघसंस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरे।

प्रधानमन्त्री दाहालले दूरदराजमा रहेका विपन्न सबै समुदायसम्म पुगेर त्यहाँका युवाहरूको नेतृत्व विकास गर्ने गरी नीति, कार्यक्रम र कार्ययोजना बनाउन पनि लायन्स क्लबहरूको ध्यानाकर्षण गराए। लायन्स क्लबहरूले शहरमा मात्रै केन्द्रित नभई पछि परेका/पारिएका युवाहरूलाई पनि अघि बढाउने गरी कार्यहरू अघि बढाउनुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले मुलुकको पछिल्लो विकसित परिस्थिति र समावेशी लोकतन्त्रको मान्यताअनुसार सामाजिक संघसंस्थाहरूले पनि आफ्नो कार्यक्षेत्रको दायरा फराकिलो बनाउन जरुरी रहेकोसमेत बताए। त्यस अवसरमा उनले वपदमा परेका बेला लायन्स क्लबहरूले खेलेको भूमिका प्रशंसनीय रहेको पनि बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }