शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १६, २०७९
  • 144
    SHARES

काठमाडौं । निर्वाचन आयोगले आगामी १० वैशाख आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि न्यायपरिषद्को परामर्शमा बिहीबार मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ ।

यही १८ चैतदेखि लागु हुने गरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृतहरूमा चितवन क्षेत्र नं. २ का लागि चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं. २ का लागि बारा जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य रहेका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै १८ चैतदेखि सम्बन्धित् निर्वाचन अधिकृतको कार्यालय खुल्ने र उपनिर्वाचनका लागि यही २० चैतमा उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको प्रवक्ता पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }