शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली खेलाडीको प्रदर्शनमा म खुशी छु : मोन्टी देशाई


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १९, २०८०
  • 134
    SHARES

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षका मोन्टी देशाईले एसिसि मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एशिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आपूm सन्तुष्ट रहेको बताउनुभएको छ । मंगलवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्सबिरुद्धको खेलमा ७ विकेटको जित निकाल्दै एशियाकपमा स्थान बनाएसँगै खेलाडीको प्रदर्शनलाई प्रशंसा गर्दै सन्तुष्ट रहेको बताउनुभएको हो ।

मोन्टी देसाईले एशिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भएपनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिताका लागि आपूm उत्साहित रहेको बताउनु भयो । प्रशिक्षक देसाईले एशिया कप सम्मको यात्रा तय गर्न निकै मेहनत गरेको र टोली सम्हालिसकेपछि टोलीका सदस्यहरुले प्रमाणित गर्न निकै मेहनत गरेको बताउनु भयो ।

भारतीय मुलका प्रशिक्षको देशाईको आगामन पछि नेपालले पछिल्लो समय ठूला प्रतियोगितामा राम्रो नतिजा निकालिरहेको छ । दुई महिनामा उत्कृष्ट लयमा रहेको नेपालले लगातार १० खेलमा जित हात पारेको छ । आइसिसी विश्वकप लिग–२ को पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल विश्वकप छनोटमा पुगेको थियो भने धरासायी भएको नेपालको एक दिवसीयमा नेपालले रोमाञ्चक सफलता हात पारेको थियो ।

यस्तै नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल बलिया राष्ट्रसँग बुहप्रतिक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताउनु भयो । उहाँले बलिया टोलीबिरुद्ध पनि राम्रो खेल्दै पछिल्लो समय हात पारेको नतिजालाई सन्तुलनमा ल्याउने बताउनु भयो । एशिया कपमा नेपालले स्थान बनाउँदै गर्दा टोलीको मेहनत र प्रशिक्षकको भुमिका तारिफयोग्य रहेको समेत बताउनु भयो । प्रशिक्षको योजना अनुसार खेल्दा टोलीले राम्रो नतिजा निकाल्न सफल भएको भन्दै कप्तान रोहितले एशिया कप नेपाली टोलीका लागि एक्सपोजर भएको बताउनु भयो । अहिले एशियाकप आयोजना सम्बन्धमा धेरै विषय उठिरहेको अवस्थामा जुन कुनै स्थलमा भएपनि एशिया कप हुनुपर्ने बताउनु भयो ।

यता फाइनल खेलमा युएईबिरुद्ध सम्हालिएको प्रदर्शन गर्दै नेपालको जित सम्भव बनाउनुभएका गुल्शन झाले योजना अनुसार ब्याटिङ गर्न क्रिजमा पुगेको र प्रशिक्षकको योजना अनुसार खेल्दा नतिजा निकाल्न सफल भएको प्रतिक्रिया दिनुभयो । गुल्सन झा तेस्रो नम्बरमा ब्याटिङ गर्दै धरासायी बनेको नेपालको इनिङलाई भीम सार्कीसँग साझेदारी गर्नुभएको थियो । उहाँले करियरकै उत्कृष्ट ब्याटिङ गर्नुभयो । गुल्सन फाइनल खेलको प्लेयर अफ दि म्याच पनि घोषित हुनभयो । अविजित रहँदै नेपाललाई उपाधि दिलाएपछि बोल्दै गुल्सनले प्रशिक्षकले दिएको भुमिकालाई निर्वाह गरेको बताउनु भयो ।

उता प्रतियोगिताको सिरिजका उत्कृष्ट खेलाडी बन्नुभएका सन्दीप लामिछानेले नेपाली टोली यहाँसम्म आइपुग्न खेलाडीको अथक मेहनत र प्रशिक्षकको भुमिका निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिनुभयो । नेपालले एशिया कपमा स्थान बनाएसँगै बलिया टोलीसँग खेल्ने मौका अवसर आएको बताउनु भयो । नेपाली टोली अर्को श्रेणिमा उक्लिएको भन्दै कहिल्यै नखेलका टोलीसँग नेपालले एक्स्पोजर पाउने मौका एशियाकप रहेको बताउनु भयो । नेपाली टोलीलाई प्रतिकुल मौसममा पनि साथ दिएको र दर्शकको साथबाट नै घरेलु मैदानमा पाहुना टोलीबिरुद्ध जित निकाल्न निकै सहज भएको समेत लामिछानेले बताउनु भयो ।

यस्तै पराजित टोली युएईका कप्तान मोहम्मद वासिमले नेपालबिरुद्धको खेलमा भाग्यले साथ नदिएको र गुल्सनको उत्कृष्ट खेलका कारण नतिजा गुमाउनु परेको बताउनु भयो । उहाँले शुरुवात राम्रो भएपनि मध्यक्रमका नेपाली ब्याटरले सम्हालिएको प्रदर्शन गर्दा नतिजा गुमाउनु परेको बताउनु भयो । उहाँले योगफल झिनो भएकाले अपेक्षा अनुसार खेल हुन नसकेको समेत बताउनु भयो ।

नेपालमा सम्पन्न एसिसि मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालसहित १० टोलीले सहभागिता जनाएका थिए । आयोजक एसिसिले सहभागि राष्ट्रलाई दुई समूहमा विभाजन गर्दै खेलाएको थियो । जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना भएका हुन् । यससँगै मुलपानी क्रिकेट मैदानले एक दिवसीय मान्यता पाउँदा नेपालले एक खेल कतारसँग मुलपानी क्रिकेट मैदानमा खेल्ने अवसर पाएपनि वर्षाले अवरुद्ध भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }