
मातृका गजमेरको :-
” नारी स्रष्टाहरू : अन्तर्वार्तामा” लोकार्पण
२१ मई २०२३ आइतबार ! भारतको मेथीबारी सालबाडी स्थित “क्याफे दि ट्विन्स् “मा मातृका गजमेरको तेस्रो खण्ड ” नारी स्रष्टाहरू: अन्तर्वार्ताहरूमा ” पुस्तक लोकार्पण भएको छ । यस पुस्तकमा उनले भारतका नारी स्रष्टाहरूलाई एक सूत्रमा जोडने अथक प्रयास गर्नुभएको छ ।
उक्त लोकार्पण कार्यक्रमको अद्धयक्ष कवि साङमू लेप्चाले गर्नु भएको थियो भने ,मुख्य अतिथीको भार भने कवि ज्ञानेन्द्र खतिवडाले बहन गर्नु भएको थियो । युगमक कवि कालुसिंह रनपहेलीले मातृका गजमेरको परिचय दिनु भएको थियो भने पुस्तक समिक्षा प्रा. डा नरेशचन्द्र खातीले गर्नुभएको थियो।
वरिष्ठ साहित्यिक स्रष्टाहरूले भरिएको उक्त समारोहमा दुई कविताहरू पनि वाचन गरिएको थियो । समग्रमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो ।
सुत्र: ललिता जोशी क्षेत्री
भारत