शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पशुपतिनाथको जलहरीमा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु अनुचित : प्रधानमन्त्री दाहाल


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १३, २०८०
  • 106
    SHARES
पार्टीका सांसद लेखनाथ दाहालले सो प्रकरणबारे ओलीलाई जोडेर संसदमा दिएको अभिव्यक्ति उचित नभएको प्रधानमन्त्री दाहालको स्विकारोक्ति थियो। शनिबार प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री दाहाललाई समय दिएका थिए।

प्रधानमन्त्री दाहालले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसदका रेकर्डबाट हटाउन सकिने प्रचलन गरेको पनि स्मरण गराए। उनले सो प्रकरणबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको र स्वतन्त्र तथा निष्पक्ष छानविन हुने आश्वासन समेत दिए।

प्रधानमन्त्री दाहालले भने, ‘श्री पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानित सदनमा चर्चा उठेको छ। पशुपतिनाथ मन्दिरको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो। र, सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन। जलहरीका केही विषयबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगको निवेदन परी छानविन, अनुसन्धान भईरहेको छ। यस विषयमा अख्तियार दूरपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवम् निष्पक्ष छानविन गर्नेनै छ। यसमा सरकारको सहयोग रहनेछ। पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी सम्बन्धि विषयमा प्रमुख प्रतिपक्षको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन। यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ। यति भनिसकेपछि मैले नीति, कार्यक्रम सम्बन्धि उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम आज नै रहेको छ । बाँकि विस्तृत रुपमा म त्यतिबेला नै कुरा राख्नेछु।’

प्रधानमन्त्री दाहालले सो प्रकरणबारे छानविन गर्न अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }