बुधबार, अशोज १७, २०८०

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ३०, २०८०
  • 183
    SHARES

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रदेशसभामा दुईदिनसम्म भएको छलफलमा आज बसेको दसौँ बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभासमक्ष आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेश गर्नुभएको थियो । सभामुख तुलाराम घर्तीले सरकारको प्रस्ताव सदनसमक्ष निर्णयार्थ पेश गर्दा ध्वनि मतको आधारमा नीति तथा कार्यक्रम पारित भएको हो ।

यसअघि नीति तथा कार्यक्रममा प्रदेशसभामा सत्तापक्ष सांसदले नीति तथा कार्यक्रमको बचाउमा उत्रिए भने सत्ता बाहिर रहेका दलका सदस्यले भने आलोचना गरेका थिए ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि पाँचजना प्रदेश सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका थिए । उक्त संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । नीति तथा कार्यक्रममाथि एमालेका प्रदेशसभा सदस्यले संसोधन प्रस्ताव दर्ता गराएका थिए ।

एमालेका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, विष्णुप्रसाद पन्थी, अर्जुनकुमार केसी, रत्नबहादुर खत्री, वसन्ती न्यौपानेले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाको आगामी ११ औँ बैठक असार १ गते ३ बजे बस्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ