मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टिकट बुकिङ खुलेको २४ घन्टा नबित्दै ‘जवान’ले बनायो नयाँ रेकर्ड


  • माउन्टेन खबर
  • आइतवार, भदौ १७, २०८०
  • 289
    SHARES

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘जवान’ले अग्रिम टिकट बुकिङ खुलेको २४ घन्टा नबित्दै नयाँ रेकर्ड राखेको छ ।

बलिउड फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार भारतमा मात्रै फिल्मको २ लाख ३३ हजार टिकट बुकिङ भइसकेको छ । विश्वव्यापी रूपमा यसको ४ लाख २५ हजार टिकट बुकिङ भइसकेको छ ।

अग्रिम टिकट बुकिङमा शाहरूखले आफ्नै फिल्म ‘पठान’ को रेकर्ड तोडेका छन् ।  पठानको २४ घन्टामा १ लाख १७ हजार टिकट बुकिङ भएको थियो ।

‘जवान’को टिकट बुकिङको आँकडा हेर्दा एसएस राजामौलीको फिल्म ‘बाहुबली २’ को रेकर्ड तोड्ने अनुमान गरिएको छ । ‘बाहुबली २’ को विश्वव्यापी रूपमा ६ लाख ५० हजार अग्रिम टिकट बुकिङ भएको थियो।

एटलीले निर्देशन गरेको फिल्म ‘जवान’मा शाहरुखका अलावा नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रा, प्रियमणी, गिरिजा ओक, सञ्जिता भट्टाचार्य, लेहर खान, आलिया कुरेशी, रिद्धी डोग्रा, सुनील ग्रोवर र मुकेश छाबराको अभिनय रहेको छ ।

गौरी खानको लगानी रहेको फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन् । फिल्म सेप्टेम्बर ७ मा हलमा रिलिज हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)