शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नाम परिवर्न गर्ने भएपछि ‘एक भगवत् गीता’ को विवादमा सहमति जुट्यो


  • माउन्टेन खबर
  • आइतवार, भदौ २४, २०८०
  • 201
    SHARES

काठमाडौं । चलचित्रको नाम परिवर्न गर्ने भएपछि ‘एक भगवत् गीता’ को विवाद सुल्झेको छ । चलचित्र विकास बोर्डमा आयोजित छलफलमा चलचित्र पक्ष निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनको सहमतिपछि विवाद टुङ्गिएको हो ।

दुवै पक्षको हस्ताक्षरसहितको सहमतिअनुसार चलचत्रिको नाम अब ‘एक भगवत् र एक गीता’ रहनेछ । यसअघि चलचित्रका निर्माता सुनीलकुमार थापाले भागवत र गीताको बीचमा ड्यास राख्न प्रस्ताव गरेका थिए । तर धार्मिक समूहले अस्वीकार गरेपछि बैठकमा विभिन्न वैकल्पिक नामहरूबारे छलफल भएको थियो ।

‘गीता एक प्रेमकथा’, ‘गीता भागवत’ जस्ता थुप्रै नामहरूमा छलफलपछि ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ नाममा दुवै पक्ष सहमत भएका हुन् ।

भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए । धार्मिक संस्थाको आपत्तिपछि चलचित्र विकास बोर्डले यसको सेन्सर सिफारिस रोकेको थियो । बोर्ड, निर्माण पक्ष र धार्मिक संघ–संस्थाको बैठकपछि बोर्डले आजै चलचित्रलाई सेन्सर सिफारिस दिनेछ ।

झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }