आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चिकित्सकहरूले आज देशभर आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने


  • माउन्टेन खबर
  • आइतवार, भदौ ३१, २०८०
  • 202
    SHARES

काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु पूर्णरुपमा बन्द गर्ने भएकाे छ।

चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की र महासचिव डा. सन्जीव तिवारीले विज्ञप्ति जारी गर्दै आइतबार स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा सञ्चालन हुन नदिने जनाएका छन्। चिकित्सकहरुले भदौ २७ गते सन्चो अस्पताल हेटौंडामा डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीहरु अबिलम्ब पत्ता लगाई फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्ने मागसहित आन्दोलन गरिरहेका छन्।

प्रहरीले चिकित्सकलाई हमला गर्ने ४ जना पक्राउ गरेकाे छ ।

‘देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्यरुपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहीत वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था तुरुन्त मिलाउनु पर्छ ’ महासचिव डा. तिवारीले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)