शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन जरुरी छ: अध्यक्ष केसी


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २, २०८०
  • 131
    SHARES

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार संविधान दिवस २०८० को अवसरमा चलचित्र विकास बोर्डमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोह २०८० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र आम सञ्चारको माध्यम भएकाले समाजमा जागरण ल्याउन यसको महत्वपूर्ण भुमिका हुने बताउनु भयो । उहाँले चलचित्र क्षेत्रलाई एकीकरण र व्यवस्थापन गरी नियमन गर्न बनेको विधेयकको मस्यौदामाथि पुनः छलफल पश्चात संशोधन र परिमार्जन गरी आजै बुझाउने तयारी गरेको बताउनु भयो । उहाँले विधेयकलाई छिटो पास गराइ कार्यान्वयनमा ल्याउनसके चलचित्र क्षेत्रका लागि ऐतिहासिक सफलता मिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चलचित्र आम सञ्चारको माध्यम भएकाले समाजमा जागरण ल्याउन यसको महत्वपूर्ण भुमिका हुन्छ । तसर्थ चलचित्र क्षेत्रको प्रवद्र्धनका लागि यो क्षेत्र मर्यादित र व्यवस्थित बनाउनुपर्छ ।  मन्त्रीज्यु र सचिव ज्युको चासो र निर्देशन बमोजिम चलचित्र क्षेत्रलाई एकीकरण र व्यवस्थापन गरी नियमन गर्न बनेको विधेयकको मस्यौदामाथि पुनः छलफल पश्चात संशोधन र परिमार्जन गरी बुझाउने छौँ । यसलाई सकेसम्म छिटो पास गराइ कार्यान्वयनमा ल्याउनसके चलचित्र क्षेत्रका लागि ऐतिहासिक सफलता हुनेछ ।’

संविधान दिवस २०८० को अवसरमा कलाकारिताको क्षेत्रबाट समाज र देशमा योगदान पु¥याउनुभएका कलाकारहरु मदनकृष्ण श्रेष्ठ, वसुन्धरा भुसाल, दयाराम दाहाल, रेखा थापा, दीपाश्री निरौला लगायतका कलाकारहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }