सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फिल्म ‘मिसन रानीगञ्ज’ को ट्रेलर सार्वजनिक(भिडिओ)


  • माउन्टेन खबर
  • सोमवार, अशोज ८, २०८०
  • 344
    SHARES

एजेन्सी ।  बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘मिसन रानीगञ्ज’ को ट्रेलर सार्वजनिक भएको छ।

सोमबार पूजा इन्टरटेन्मेन्ट युट्यब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा कोइला खानीमा काम गर्ने मजदुरहरूको उद्धार अभियानलाई देखाइएको छ।

यो फिल्म सत्य घटनामा आधारित छ। ३४ वर्ष पहिला बंगालस्थित रानीगञ्जको कोइला खानीमा घटेको घटनालाई फिल्ममा देखाइने छ। त्यतिबेला अमृतसरका इन्जिनियर जसवन्त सिंह गिलले ६५ जना मजदुरको ज्यान बचाएका थिए। फिल्ममा जसवन्तको भूमिकामा अक्षय कुमार देखिएका छन्।

टिनु सुरेश देसाईंले निर्देशन गरेको फिल्ममा अक्षयसँगै परिणिती चोपडा, कुमुद मिश्रा, पवन मल्होत्रा, रवि किशन, वरुण बडोला, दिव्यन्दु भट्टाचार्य, राजेश शर्मा, वीरेन्द्र सक्सेना, शिशिर शर्मा, अनन्त महादेवन, जमील खान, सुधीर पाण्डे, बचन पचेरा, मुकेश भट्टलगायत कलाकारको अभिनय छ।

यो फिल्म ६ अक्टोबरदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)