आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्ने चिकित्सिहरुको चेतावनी


  • माउन्टेन खबर
  • बुधबार, अशोज १०, २०८०
  • 328
    SHARES

काठमाडौँ- चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरू आन्दोलित भएका छन्। मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरूले बुधवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरू सडकमा उत्रिएर विरोध जनाएका हुन् स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन्।

विरोध प्रदर्शनका क्रममा सञ्चराकर्मीहरुसँग कुरा गर्दै आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्न माग गरे। उनले सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने बताए। दोषीलाई संरक्षण गर्नु नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा समेत राज्य मूकदर्शक बन्न नहुने बताए।

उनले भने, ‘सहमति धेरै भइसक्यो, एक्सन हामीलाई चाहिँदैन। यो धेरै भइसक्यो। पक्राउ गर्नुस् हामी मान्छौँ। नत्र सकेनौँ भन्नुस्, हात उठाउनुस्। जबसम्म पक्राउ गरेर मुद्दा चल्दैन, हामी आन्दोलनमा नै हुन्छौँ। यो राज्यको कमजोरी हो, कानूनी राज्य भएको भए घटना भए लगत्तै पक्राउ जरी जेलमा जान्थे। यहाँ त घटना दोहोरिँदा पनि कारबाही छैन। दोषीलाई संरक्षण गर्नु हुँदैन। राज्य टुलुटुलु हेरेर बसेको छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)