आइतवार, मंसिर १७, २०८०

आज विश्व मुटु दिवस मनाइँदै


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १२, २०८०
  • 121
    SHARES

काठमाडौं । शुक्रबार विश्व मुटु दिवस मनाइँदै छ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिएको छ । यो वर्ष ‘युज हार्ट नो हार्ट’ अर्थात् (मुटुको प्रयोग गरौं, मुटुबारे जानौ) भन्ने नारा सहित नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।

प्रत्येक वर्ष करिब २ करोड मानिसले हृदयाघातलगायत विभिन्न मुटु सम्बन्धी रोगका कारणमात्रै ज्यान गुमाउने गरेको तथ्याङ्क छ । यसैले पनि मुटु रोगलाई नम्बर एक हत्यारा रोगकारूपमा लिइन्छ । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य सङ्गठन अनि सरकार प्रमुख मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् ।

व्यस्त, अनि तनावपूर्ण जीवनशैली, अशुद्ध एवं अत्यधिक प्याकेट खानेकुराको प्रयोगलगायतका कारण दिनप्रतिदिन मुट रोगको सम्भावित जोखिम बढ्दै गएको पाइन्छ ।

यसैले स्वस्थ खानेकुरा र दैनिक व्यायाममा ध्यान दिनसके करिब ८० प्रतिशतसम्म मुटु सम्बन्धी रोगको नियन्त्रण गर्न सकिने पनि चिकित्सकहरुले सल्लाह दिने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }