सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘परदेशी २’को ट्रेलर सार्वजनिक


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १९, २०८०
  • 188
    SHARES

काठमाडौं । दशैंको छेको पारेर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ।असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रकोको अफिसियल ट्रेलर युट्युबमार्फत् सार्वजनिक गरिएको छ।

नारायण रायमाझी निर्देशित चलचित्रको ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई देखाइएको छ। प्रेम, विछोड, उमंग र द्वन्द्वको समिश्रण ट्रेलरमा देखिन्छ। गायनमा स्थापित प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको फिल्ममा गीत-संगीतलाई पनि ट्रेलरमा विशेष स्थान दिइएको छ। फिल्ममा गायक तथा अभिनेता प्रशान्त तामाङ र दिलिप रायमाँझीको पनि भूमिका रहेको छ।

फिल्ममा केकी अधिकारी, वर्षा शिवाकोटीसँगै नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की लगायत कलाकारहरू रहेका छन्। ‘गोर्खा पल्टन’मा लाहुरेको भूमिकामा देखिएका अभिनेता प्रशान्त तामाङ यसपटक पनि सोही भूमिकामा छन्।

दशैंको परिवेशलाई समेत चलचित्रले झल्काइएको ट्रेलरमा देखिन्छ।

रमेश बिजीले चलचित्रको कथा एवं पटकथा लेखेका हुन्। मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्। यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक रायमाझीको ‘परदेशी २’ तेस्रो चलचित्र हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)