शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चिकित्सकमाथि कुटपिट प्रकरण : पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २१, २०८०
  • 327
    SHARES

काठमाडौं। ललितपुरस्थित पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन्। खराब औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै शनिबार आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।

शनिबार दिउँसो पाटन अस्पतालमा भर्ना भएका बिरामीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएको पाँच मिनेट भित्रै २ बिरामीकाे मृत्यु भएको थियो। मृत्यु हुनेमा ओखलढुंगाकी ९० बर्षीया जनमाया राई र ललितपुरका ६८ बर्षीय कृष्णबहादुर नगरकोटी रहेका छन्। उनीहरूकाे मृत्युपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए।

कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभए र हातपात गर्नेलाई पकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने स्वास्थ्यकर्मीले बताएका छन्।

चिकित्सकहरूमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक संघका महासचिव डा.सञ्जीव तिवारीले आपत्ति जनाएका छन्। उनले स्वास्थ्यकर्मी सुरक्षित नभएसम्म सेवा प्रवहा गर्न नसक्ने प्रतिक्रिया दिए।

चिकित्सकहरूमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक संघले पनि विरोध जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)