आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा आईसीटीको इकोसिस्टम विकास गर्न क्यान महासंघ र यूएसएडबीच सहकार्य


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक २२, २०८०
  • 108
    SHARES

 

 

काठमाडौं । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको इकोसिस्टम विकास गर्न कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) बीच सहकार्यको घोषणा भएको छ ।

एक समारोहबीच क्यान महासंघका अध्यक्ष रञ्जितकुमार पोद्दार र यूएसएडको ट्रेड एण्ड कम्पिटिटिभनेसकी प्रमुख एग्नेस लुजले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालको आईसीटी इकोसिस्टमलाई प्रवर्द्धन गर्न तथा आर्थिक वृद्धिलाई बढावा दिन यो सहकार्यबाट महत्त्वपूर्ण सहयोग पुग्‍ने बताइएको छ । त्यस्तै सीमान्तकृत समुदाय लगायतका सरोकारवाला पक्षहरूका लागि आईसीटी क्षेत्रमा अवसर सिर्जना गर्ने र आईटी तथा डिजिटल सेवाको प्रतिस्पर्धा बढाउने उद्देश्यले विभिन्न कार्यक्रम संयुक्त रूपमा सञ्चालन हुनेछन् ।

यस साझेदारीपछि नेपालमा आईसीटी प्रतिभाका लागि उपयुक्त तालिमको व्यवस्था तथा इकोसिस्टम निर्माण गर्न आफूहरू प्रतिबद्ध रहेको क्यान महासंघका अध्यक्ष रञ्जित पोद्दारले बताए ।

त्यस्तै क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपालको आईसीटी क्षेत्रलाई प्रवर्द्धन र सुदृढ गर्न यो सहकार्य महत्त्वपूर्ण हुने प्रतिक्रिया दिए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }