शुक्रबार, बैशाख २१, २०८१

केपी ओली कप क्रिकेटको उपाधि मधेश प्रदेशलाई


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १५, २०८०
  • 90
    SHARES

काठमाडौँ । केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । शुक्रबार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले उपाधि जितेको हो ।

मधेशले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रनमात्र बनाउन सक्यो । आर्मीका कप्तान विनोद भण्डारीले ३२, सोमपाल कामी १६ र विवेक यादव २५ रनमा अविजित रहे भने सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाए ।

बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए । यस्तै, प्रदीप पासवानले २ र प्रतीक यादवले १ विकेट लिए ।

यसअघि पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशंकर शाहले २७ रनको योगदान दिएका थिए ।

बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले ३–३ तथा सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए । विजेता टोली मधेसले उपाधिसँगै नगद ५ लाख हात पार्यो । पराजित आर्मीले २ लाख ५० हजारमा चित्त बुझायो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }