आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बाध्यताको नाममा विज्ञान र प्रविधिबाट पछि हट्नु हुँदैनः प्रधानमन्त्री


  • माउन्टेन खबर
  • बुधबार, मंसिर २०, २०८०
  • 101
    SHARES

ललितपुर- प्रधानमन्त्री पुष्पकमल दाहालले १६ औं पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिमा गहन छलफल गरी भावी योजना तय गर्ने बताउनुभएको छ ।

बुधवार ललितपुरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्ययन तथा अनुसन्धानको क्षेत्रमा देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी नेपाल सरकारको सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाहरुको खाका तयार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विज्ञान तथा प्रविधि क्षमता विकासमा तिब्रता आउँदै गएको महशुस भइरहेको बताउनु भयो । उहाँले बाध्यताको नाममा विज्ञान र प्रविधिबाट पछि हट्नु नहुने बताउनु भयो । उहाँले प्रतिष्ठानलाई आवश्यक जनशक्ति, साधन श्रोत र उपकरणको व्यवस्था मिलाउने कुरामा सरकारको तर्फबाट अधिकतम सहयोग हुने प्रतिवद्धता जनाउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘हाम्रो विज्ञान तथा प्रविधि क्षमता विकासमा तिब्रता आउँदै गएको मैले महशुस गरेको छु । भलै नेपाल सरकारले तपाईहरुले अपेक्षा गरेअनुसारको श्रोत प्रदान गर्न सकेको भने छैन । त्यो कुराको हेक्का छ । सरकारका बाध्यता हुन्छन् तर ति बाध्यताको नाममा विज्ञान र प्रविधिको योगदानबाट पछि हट्नु हुँदैन । विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्वहरु मैले राम्रोसँग महशुस गरेको छु । मैले भर्खरै नाष्टको प्रविधि भवन र बायामेडिकल रिसर्च ल्याब्रोटरीको भवन उद्घाटन गरेँ । मलाई विश्वास छ, यी अनुसन्धान र प्रविधि केन्द्रबाट अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान र परीक्षण हुने वातावरण सिर्जना हुँदै जानेछ । जनशक्ति, साधन श्रोत र उपकरणको व्यवस्था मिलाउने कुरामा सरकारको तर्फबाट अधिकतम सहयोग हुनेछ । आगामी १६ औं पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिमा के कस्ता कार्यक्रमहरु समावेश गरी यस क्षेत्रमा स्थापित हुन सम्भव छ भन्ने गहन छलफल र मन्थन गरेर भावी योजना तय गर्न उपयुक्त हुन्छ । देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी नेपाल सरकारको सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाहरुको खाका तयार गर्न तपाईहरुसँग अनुरोध गर्न चाहन्छु । अहिलेको अवस्था भनेको सहकार्य र समभावको हो । एक्लै गन्तव्यमा पुग्न कठिन हुने राजनीतिक लगायत अन्य उदाहरण छन् ।’

प्रधानमन्त्री दाहालले अहिलेको अवस्था भनेको सहकार्य र समभावको भएको भन्दै एक्लै गन्तव्यमा पुग्न कठिन हुने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }