सोमवार, बैशाख २४, २०८१

नाटककार रमेश विकल (“समिक्षात्मक अन्वेषण” पुस्तकबाट )


  • गोपी मैनाली
  • शनिबार, मंसिर २३, २०८०
  • 141
    SHARES

नाटककार रमेश विकल (“समिक्षात्मक अन्वेषण” पुस्तकबाट )

विषय प्रवेश
साहित्यका दुुई भेद दृश्य र श्रव्यमध्ये नाटक÷एकाड्की दृश्य विधाको रूप हो । दृश्यविधा भन्ने वित्तिकै शब्दका अभिव्यक्ति मात्र पर्याप्त हुँदैनन् । दृश्य विधामा चरित्र र सम्वाद र त्यसलाई सहयोग÷सहजीकरण गर्ने अन्य अवयवको संयोजन चाहिन्छ, जसल विचार, विषयको उद्घाटन र प्रभाव उत्पादन गर्दछन् । अर्को शब्दमा कथाको दृश्यात्मक शब्द (थेट्रिकल पोट्र्राएल) गरिन्छ ।नाटक साहित्यको गतिशील रूप हो । साहित्यका अन्य विधा जसरी यसले पनि शिक्षा, सन्देश, प्रभाव, दृष्टिकोण अभिव्यक्त गर्दछ तर त्यसो गर्ने माध्यम दृश्यात्मक (बोल्ने, खेल्ने, देखिने) हुन्छ । अन्य विधा भाव–भावनामा दृश्यित हुन्छन्, यो औपचारिक रूपमा नै दृश्यित हुन्छ ।

नाटकका विभिन्न प्रकार हुन्छन्, सुखान्तक (कमेडी), दुखान्तक (टे«जेडी), मिश्रित (सुखान्त–दुखान्तको हाइव्रिड वा ट्रागिकोमेडी), परिहास्यात्मक (फार्स), ओपेरा (कथालाई सङ्गीत–धुनबाट व्यक्त गरिने), मेलोड्रामा (सनसनीपूर्ण प्रस्तुुुति), गीतिनाट्य (म्यूूजिकल ड्रामा, जहाँ सड्गीत, सँवाद र नृत्यको संयोजनमा कथा शब्द हुन्छ), सड्केत नाटक (माइम), एेितहासिक नाटक आदि ।

एरिष्टोटलले काव्यशास्त्रमा उल्लेख गरे अनुसार नाटक (ट्रेजेडी)मा कथानक (प्लट), चरित्र (क्यारेक्ट), विचार (थट), भाषा (ल्याङ्वेज), सङ्गीत (म्यूजिक) अनि प्रदर्शनी (स्पेक्टेकल)का छ तत्व हुन् (मौलो, एरिष्टोटलको काव्यशास्त्रको सारांश, पृ २८७) । सामान्य रूपमा भन्दा नाटक÷एकाड्कीमा कथानक÷कथावस्तु, चरित्र÷पात्र, अभिनेयता, सम्बन्ध, परिवेश, सम्वाद, सड्घर्ष, गतिशीलता, बिम्ब तथा मिथकहरू अवयवका रूपमा रहन्छन् । नाटक दर्शकसँग सम्बन्धित हुन्छ, जसरी कथा कविता पाठकसँग सम्बन्धित हुन्छन् । त्यसैले पठनीय मात्र होइन, दर्शनीय हुनु नाटकको मुख्य गुण हो ।

दार्शनिक एरिष्टोटल उत्कृष्ट रङ्मञ्चीय प्रभावको आग्रह गर्दछन् । समालोचक डा खगेन्द्रप्रसाल लुुइटेल नेपाली नाट्य समालोचना नामक आफ्नो पुस्तकमा कथानक, सहभागी, परिवेश, उद्देश्य, दृष्टिविन्दु, द्वन्द्व, भाषाशैलीय विन्यास र सम्वादलाई नाटकका तत्वहरू उल्लेख गर्दछन् । साहित्यका अन्य विधामा पनि यी तत्वहरूमध्ये कतिपय रहेका हुन्छन् तर नाटक अभिनेय हुनुपर्दछ, यो मञ्चनका लागि लेखिन्छ । भरतमुनिको नाट्यशास्त्र अनुसार ‘दृश्यकाव्य भनिने नाटकमा सम्वाद, अभिनय र रस अनिवार्य तत्व मानिन्छ’ (मौलो, पृ. ६) । डा.लुुइटेलका अनुसार नाटक दृश्य विधा हो, अन्य सबै श्रव्य वा पाठ्य विधाहुन् । यसर्थ दृश्य–श्रव्य गुणनै विधा विभेदका परिचयात्मक अभिलक्षण हन् (नेपाली नाट्य समालोचना, पृ १७) । तर उद्देश्य भने अन्य विधासँग समानता यस अर्थमा रहन्छ कि साहित्यका सबै विधाले जीवनको नैसर्गिक पक्षको उद्घाटन गरी प्रगतिको ध्येय राख्दछ ।

प्राचीन समयमा नाटक पद्यमा लेखिने, खेलिने गरिन्थ्यो भन्ने कुुरा होमरको ओडिसी र इलियड र कालिदासको अभिज्ञानशाकुन्तल र भवभूतिको उत्तररामचरितबाट स्पष्ट हुन्छ । पाश्चात्य साहित्यमा पोस्टोरल ड्रामा, लीरिकल ड्रामा र पूर्वीय साहित्यमा गीति नाटक, काव्य नाटक जस्ता शब्दावलीबाट पद्यमा नाटक लेखिन्थ्यो । महाकाव्य, महाकथा र त्यसलाई दृश्यविधानमा खेलिदा नाटक पनि भन्न सकिने नै भयो । मुनामदन, मालती मड्गले कवितामा लेखिएका र गीतमा खेलिएका नाटक थिए । तर सामान्यतः नाटक भन्नाले हामी गद्यमै हुन्छ भन्ने बुुझ्दछौ ।

नेपाली नाटकको आधुनिक काल वि स १९८६मा बालकृष्ण समको मुटुुको व्यथा प्रकाशित भएपछि प्रारम्भ हुन्छ । यस अघि पूर्वआधुनिक कालमा ‘अधिकांश नाटक संस्कृतबाट अनुदित, मुख्यतः संस्कृत नाट्य सिद्धान्तमा आधारित रचनाशिल्प, चरित्रभन्दा कथानकको प्रधानता, सबैजसो नाटक आदर्शवादी, नाटकहरूमा अतिरञ्जना, कृत्रिमता र स्थूलताको बाहुल्य, नाटकहरू प्रायः भावुकतापूर्ण र उत्तेजक’ (ऐ पृ २८) विशेषताका हुन्थे । आधुनिक कालपछि नाटकहरू मौलिक र नेपाली परिवेश बोक्ने, जीवनका विविध आयामलाई स्वाभाविक रूपमा शब्द गर्ने विशेषतामा देखिएका छन् । रमेश विकल यसै कालखण्डका एक प्रयोगवादी नाटककार हुन् ।

नाटककार रमेश विकल
रमेश विकल नेपाली साहित्यका सबै विधामा कलम चलाएका बहुमुखी प्रतिभा हुन् । २०२० सालमा रचना पत्रिकामा ‘मोडर्न हस्वैण्डः आइ मीन आधुुनिक पति’ हास्यव्यड्ग्यात्मक एकाङ््कीबाट नाटक विधामा प्रवेश गरेका विकलका सात थुँगा (बालएकाड्की, २०३७), सप्तरड्ग (एकाङ्की, २०३९), सरदार भक्ति थापा (नाटक, २०४०), मिल्किएको मणि (नटक, २०४८) र मानिस वैभव र मृत्यु (एकाङ्की, २०५६) प्रकाशित छन् । उनी ऐतिहासिक नाटकमा बालकृष्ण सम, सामाजिक नाटकमा गोपालप्रसाद रिमाल र मनोवैज्ञानिक नाटकमा विजय मल्ल र गोविन्दबहादुर मल्लका प्रवृत्ति नजिक छन्, वैचारिक र राष्ट्रियताका दृष्टिकोणमा समबाट निकै प्रभावित भएको देखिन्छ ।

विकलको पहिलो नाटक (बालएकाङ्की) सड्ग्रह ‘सात थुँगा’ थियो । बालबालिकालाई नैतिक शिक्षा दिने उद्देश्यले लेखिएको यस नाटकमा चित्रहरू टेकवीर मुखियाका छन् । चित्रले भाषा–सम्वाद सम्प्रेषणलाई सजिलो बनाएको छ । नेपालले अन्तराष्ट्रिय बालवर्ष १९७९ मनाएपछि साहित्यमा पनि बालबालिकालाई प्राथमिकतामा राखिएको परिणाम स्वरूप नेपाली बालसाहित्यमा पहिलो बालएकाङ्कीका रूपमा विकलले सात थुुँगालाई जन्म दिएका थिए । यसभित्र शम्भु दाइ निर्दोष छ, देवदूतको मद्दत, किसान र बाघ, गीता भेट्टिई, ऊ हाम्रो साथी, सिद्धार्थ करुणा र नदेखिने दान गरी सात छोटा चित्रसाथ प्रस्तुत गरिएका एकाङ्कीहरू छन् । अधिकांश बालचरित्र र केही सहयोगी वयस्क चरित्रसाथ दृश्ययोजन गरिएका एकाङ्कीमा शिक्षा, नैतिक आचरण, मनोरञ्जन र कौतुहलका विशेषताहरू पाइन्छ ।

सप्तरङ्गमा धरती र आकाश, सप्तरङ्ग, हरियो झिंगा, दोस्रो पुस्ता, खण्डित पाषाण, ०००००००?, डाक्टर साइको र युद्धक्षेत्र शान्ति क्षेत्र गरी आठ एकाङ्कीहरू सङ्गृहीत छन् । धरती र आकाशमा नाटककारको नयाँ प्रयोग छ । धरती र आकाश दुुई पात्र छन्, स्थूल परिवेशको व्यापक दृश्य छ । यी दुुई पात्रले पृथ्वीका सबै प्राणीको प्रतिनिधित्व गर्दछन् । आकाश पुुरुष चरित्र हो भने धरती नारी चरित्र । पुरुष चरित्रमा प्रणय र प्रेम भाव छ, नारी चरित्रमा वितृष्णा र क्षणिक आक्रोस छ, सायद प्रणयले प्रसवपीडा दिन्छ भनेर पनि हो । दृश्य र सम्वादमा पुरुष तथा नारी मनोविज्ञान झल्किन्छ । प्रकृति, प्रणय, प्रायश्चित्त, आक्रोस, क्षोभ, ईष्र्या, क्रोध र सहभावहरूनाटकमा प्रस्तुत भएका छन् । अन्ततः प्रणय र सहभावले सिर्जना गर्छ, दम्भ र आक्रोसले विध्वंश निम्तिन्छ, प्रणय र प्रकृति परिपूरक छन् भन्ने निक्र्यौल एकाड्कीले लाक्षणिक रूपमा दिएको छ । अन्य एकाड्कीमा पनि मानवीय पीडा, वर्गभेद, विसङ्गति विकृति र रहस्य तथा उत्कण्ठालाई प्रत्यक्ष, लाक्षणिक र व्यड्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ ।

परिहास्यमूलक एकाङ्की (फार्स) ‘मोर्डन हस्वैण्ड ः आइ मिन आधुनिक पति’ मा नायक रवि अङ्ग्रेजीवाज छ, युरोप अमेरिकाको सभ्यता र सानको सिको गरिरहेको छ । रवि श्रीमतीलाई गवार नेपाली नारीबाट आधुनिक स्वास्नीमान्छे बनाउने अभियान छ । ऊनोकर (जिते) लाई पनि मान मर्यादा गर्छ । संस्कृतज्ञ पितालाई आफ्नो कोठामा आउँदा प्लीज गेटआउट भनेर नक्कली सभ्यताको प्रदर्शन गर्छ । रविको व्यवहारमा उसकी पत्नी तथा पिताको विरोध छ । नाटकको सम्वाद र शब्दनिकै कृत्रिम जस्तो भान दिन्छ । जे होस् यसले पश्चिमालगू हुँदै गएको युवा जमातलाई भारी व्यड्ग्य–परिहास गरी नेपाली मौलिकताको सन्देश दिएको छ ।

‘मान्छे, वैभव र मृत्युु’ मा सड्गृहीत ११ एकाड्की पनि थोरै र सरल दृश्यका, सामाजिक अन्तरवस्तुमा आधारित मानवीय उहापोह, छटपटी र उत्पीडनका एकाङ्कीहरू हुन् । दृश्यहरू रोमाञ्चक भएपनि कतिपय चरित्र अस्वाभाविक पनि लाग्छन् ।

‘मिल्किएको मणि’ महाभारतको कथामा आधारित पूर्णाङ्की नाटक हो । व्यासासनमा बसेर पनि नेपालका पण्डितबाजेहरू पुरानो रुढी, आडम्बर र शैलीमा छन् । पाँच अङ्क र राजसभादेखि कुरुक्षेत्रसम्मका दृश्यहरू छन् । पात्रहरू पनि धृतराष्ट्र, दुुर्योधन, दुःशासन, भीष्मपितामह, द्रोणाचार्य, कर्ण, अर्जुन, श्रीकृष्ण, शल्य, सञ्जय, इन्द्र, विदुर, कुन्ती, गान्धारी, रानी, पुुरोहित, प्रहरी, वैद्य र वाचकहरू छन् । पुरानो परिपाटीका पात्र, पौराणिक विषयवस्तु भएपनि यसको विश्लेषण र प्रयोगलाई नयाँ सन्दर्भमा हेर्न खोजिएको छ । अर्थात् शासकीय प्रवृत्तिमा परिवर्तनको लक्षणा छ । धृतराष्ट्रको अन्धोपनमा कर्णको पराक्रम, दुशासनको छुुद्र्याइँबाट मुक्ति आजको शासनको पनि माग हो । नाटकको मूलनायक युधिष्टिर र अर्जुन नभएर कर्ण र धृतराट्र हुन् । विषयवस्तु पौराणिक भएपनि अर्थ आधुनिक छ, अथवा त्यसप्रकारको बोधमा नाटककारको आग्रह छ । यस नाटकलाई नाटककारले आफ्नै गाउँमा मञ्चन गराएका थिए । त्यो समय पञ्चायतकालीन थियो । तर विषयवस्तुको समयसापेक्षिक अर्थ अहिले पनि उत्तिकै छ ।

‘सरदार भक्ति थापा’ मा ऐतिहासिक विषयवस्तुलाई नाटकीय रूप दिइएको छ । इतिहाका कुराहरू जस्ताको त्यस्तै छैनन् काल्पनिक र केही वैचारिक पक्षहरूले पनि शिल्पपूर्ण प्रवेश पाएका छन् । काजी अमरसिंह, सरदार भक्तिथापा, काजी रणवीरंिसंह बस्न्यात, सुवेदार हृदयसिंह थापा, जनरल अक्टारलोनी, कर्णेल थोमस, मेजर ल्याटी र केही गौण पात्रहरू रहेको यस नाटकमा अदृश्य ध्वनिहरूको संयोजनले प्रभावोत्पादक बनाएको छ । नालापानीको युद्धमा नेपालीहरूको वीरता, सहादत र दशेभक्तिको विषयवस्तुलाई नाटकले ताजा पारेको छ । टि एस एलियटले भनेझै एउटा प्रौढ साहित्य यसकारण इतिहास हुन्छ । किनकि साहित्यमा इतिहासको सन्र्दभलाई शाश्वत रूपमा राखिएको हुन्छ, तिथिमिति र समय मात्र फरक हुने गर्दछ ।

एउटा नाटक राम्रो हुनु भनेको त्यसले घनत्वपूर्ण प्रभाव उत्पादन गर्नु हो । नाटकका संरचनागत अवयवहरूमात्र यसका लागि पर्याप्त हुँदैनन् । प्रभावकारी नाटकका लागि यसको सुरुवात (कास्टिङ) गहन हुनुपर्दछ । सवल कथावस्तु र यसको वरिपरि घुम्ने चरित्रकार्य, दृश्य संयोजन एवम भावभङ्गी हुनुपर्दछ । द्वन्द्व वा नाटकको चरमोत्कर्षलाई त्यसले उकाल्नु पर्दछ । प्रधान चरित्र (नायक) लाई विपरीत भूमिकाको चरित्र (एन्टागोनिष्ट) को गहन वाधा हुनुपर्छ । याने कि नायकलाई नायकत्वमा पुु¥याउन एन्टागोनिष्ट झनै गहन हुनुैपर्छ । मुख्य चरित्रको खुसी वा विपत्तिलाई स्वाभाविक रूपमा बताउने ध्वनि÷दृश्य र परिवेश स्वाभाविक हुनुपर्छ ।घटनाका स्मृतिबिम्बहरू (फ्लसव्याक) को आव्यश्यक उपस्थिति पनि चाहिन्छ । एरिष्टटोलको काव्य शास्त्र अनुसार उत्कृष्ट कथानक, असल चरित्र, कथानकको अन्विति, सर्वोत्तम शैली हुनु पर्दछ । यी आधारबाट हेर्दा रमेश विकलका नाटकहरू सरदार भक्ति थापा र मिल्किएको मणि उत्कृष्ट लाग्छन् । अन्य मध्यमस्तरमा ।

विकलका नाटकहरू ‘सामान्यजस्ता लाग्ने कथावस्तु अथवा घटनाक्रमका आधारमा रचिएका छन्..तर थाहा नपाइने पाराले गम्भीरगम्भीर प्रभाव दिनसक्ने गरी संवादहरू संयोजन गएिको हुुन्छ । ज्यादै सरल र सरस भाषा प्रयोगसँगै गम्भीर चिन्तन दिनसक्नु उहाँको विशेषता हो’ (डा तुल्सी भट्टराई, रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, पृ ३६७) ।

समालोचक डा खगेन्द्र लुइटेल भन्छन् ‘नाटक एकाङ्कीका प्रमुख पात्रको चरित्र चित्रणलाई विभिन्न कोणबाट व्याख्या विश्लेषण गर्न र कथ्यलाई अगाडि बढाउन यिनले सहायक वा गौण पात्रको प्रयोग गरेपनि तिनको चरित्र चित्रणमा उति सहजगता अपानएका छैनन्’ (सुलेख अङ्क १२५, पृ ४३) ।

समालोचक डा.केशवप्रसाद उपाध्याय विकलको नाट्यकारिताको समालोचकीय मूल्याङ्कन गर्दछन् । ‘विकलका एकाङ्की वस्तु, संरचना, दृश्यविधान एवम् शैलीशिल्पका दृष्टिले केही सामान्य, केही मध्यम, केही उच्च र उत्कृष्ट छन्’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, पृ ३६३) ।
नाटक                         प्रकार÷विषय                 प्रवृत्ति र सन्देश
सात थुँगा                    बालएकाङ्की                    शिक्षा, कौतुहलता र मनोरञ्जन
सरदार भक्ति थापा     ऐतिहासिक                      देशभक्ति र वीरता
मिल्किएका मणि         पौराणिक                        लाक्षणिक
सप्तरङ्ग                      सामाजिक                       प्रयोगमूलक, लाक्षणिक
मानिस, वैभव र मृत्यु   सामाजिक                       प्रयोगमूलक, लाक्षणिक

उपसंहार
नाटककार विकलको नाट्यकारिताको सम्बन्धमा डा.उपाध्याय र डा.लुुइटेलको समालोचकीय दृष्टिकोण सहमत हुन सकिन्छ । विकलका केही नाटक उच्चकोटीका छन्, मञ्चन, प्रभाव र चरित्रकार्यका दृष्टिमा विशिष्ट पनि छन् तर सबै नाटक÷एकाङ्कीलाई त्यही रूपमा पाउन सकिदैन । डा.लुइटेलको शब्दसँग सहमत हुँदा ‘विकलका नाटक÷इकाङ्कीमा पनि कथ्यलाई सरल ढङ्गबाट अगाडि बढाई आफ्नो सामाजिक यथार्थवादी दृष्टिकोण प्रस्तुत गर्नेतर्फ प्रवृत्त भएको देखिएपनि अन्यविधाको तुलनामा यिनको नाटक÷एकाङ्की सिर्जना अलि पछि नै छ’ । वैचारिक आधारमा पनि सबै एकै स्तरमा छैनन् । कतिपय नाटकहरू विचारको भारमा छन्, त्यसले नाटकीय सरलता र प्रभावलाई सम्मान गर्न सकेको छैन, केही नाटकमा कृत्रिमता पनि पाइन्छ । साथै विकलको आख्यान व्यक्तित्वले नाटकार विकलमाथि पनि प्रभाव जमाएको स्पष्ट देख्न सकिन्छ ।

-गोपी मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }